सामुदायिक सेवा केन्द्र बगरको २० औ वार्षिकोत्सव सम्पन्न

पाेखरा | चैत २०, २०७९

सामुदायिक सेवा केन्द्र बगरको २० औ वार्षिकोत्सव सम्पन्न

पोखरा: सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले आइतबार आफ्नो २० औ वार्षिकोत्सव मनाएको छ ।


कार्यक्रममा भर्खरै सम्पन्न सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यरुलाई सम्मान तथा बधाइ ज्ञापन गरिएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. १ का वडाध्यक्ष साहारा प्रधानले सामुदायिक प्रहरी सेवाले गरेका हरेक कार्यक्र उत्कृष्ट रहेको बताए ।


वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिना सामुदायिकले गर्ने हरेक कार्यक्रम आफ्नो कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिवद्धता जनाए ।


सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम श्रेष्ठले हरेक उतार चढावक बीच संस्था यो स्थानमा आएको बताउँदै आगामी दिनमा पनि संस्थाले उल्लेखनियक कार्यक्रमहरु गर्नु पर्ने बताउनुभयो ।


सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरकी पूर्व अध्यक्ष तथा सल्लााहकार जीवन अधिकारीले समाजमा हुने विकृति विसंगती रोक्नका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताइन् ।


सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर का अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामभूषण पराजुली र सचिव शिवराज अधिकारीले बोलेका थिए । संस्थाले स्थापना काल देखिनै विकृति विसंगती न्यूनिकरणका लागि सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ ।

काठमाडौं:  नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...

थप पढ्नुहोस्

तनहुँ:   तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी न...

थप पढ्नुहोस्

काठमाडौं:  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेश...

थप पढ्नुहोस्