सर्लाही लालबन्दी नगरपालिकाका उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैं | चैत १९, २०७९
काठमाडौं: उपसचिवसहित तीनजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख (उपसचिव) बासुदेव तिमल्सिना, रामअवतार जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद बराल र श्री केश्वर गरिब जनता माध्यमिक विद्यालयका शिक्षक पाँचु रायविरूद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उजुरीका आधारमा छानविन गर्दा उपसचिव तिमल्सिना,प्राधानाध्यापक बराल शिक्षक रायले नेपाल सरकारलाई हानीनोक्सानी पुर्याएर भ्रष्टाचार गरेको पाइएकाले उनीहरूविरूद्ध आइतबार विशेष अदालत काठमाडौं भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
तीनैजनाले शिक्षक पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालयको शिक्षक अनुदान कोटामा सरूवा गर्न चलखेल गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

