भारतिय सेना इन्टर बटालियन भलिबलको उपाधि ५/३ जिआरले उचाल्यो
काठमाडाैं | चैत १९, २०७९
पोखरा । भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि ५/३ जिआरले उचालेको छ ।
भारतिय पेन्सन क्याम्पमा आयोजित उपाधि भिडन्तमा ३/९ जिआरलाई ३–१ सेटले पराजितगर्दै उपाधि उचालेको हो । उपाधि संगै ५/३ जिआरले नगद ४० हजार प्राप्त गरेको छ भने उपविजेता बनेको ३/९ जिआरले नगद २५ हजार, शिल्ड, मेलड र प्रमाणपत्र प्राप्त गरेको छ ।
सम्पन्न फाइनल खेलमा पहिलो सेट २५–२३ ले जितेको भएपनि दोश्रो सेटमा ३÷९ जिआरले २३–२५ ले जित्दै खेलमा फर्कियो । तेश्रो र चौथो सेट २५–१८ र २५–ले जित्दै उपाधि जितेको छ ।
विजेता टिम तथा खेलाडीहरुलाई भारतिय पेन्सन क्याम्पका प्रमुख ले.कर्नल प्रशान्त सिंह बघेलले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजकको रुपमा नेपाल एसबिआई बैंक तथा दोस्रो पुरस्कारको प्रायोजनको रुपमा ऐभरेष्ट बैंक रहेको थियो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

