भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै गौरवको आयोजना: प्रधानमन्त्री प्रचण्ड

भरतपुर | चैत १६, २०७९

भरतपुर विमानस्थल विस्तार  बागमती प्रदेशकै गौरवको आयोजना: प्रधानमन्त्री प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर विमानस्थल विस्तार बागमती प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भएको छ ।

 

चितवनको भरतपुरमा रहेको विमानस्थल विस्तार एवम् नयाँ बन्ने अत्याधुनिक टर्मिनल भवनको बिहीबार बिहान शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताउनु भएको हो ।

 

भरतपुरमा रहेको सेनाको ब्यारेक भरतपुर -१ मा रहेको नेपाल ट्रष्टको नाममा रहेको दियालो बङ्गला क्षेत्रमा र घोडा फार्मलाई भरतपुर ११ गणेशस्थान क्षेत्रमा  स्थानान्तरण गरी विमानस्थललाई विस्तार गर्न लागिएको हो ।

 

लामो समयको प्रयास, छलफल र प्रतीक्षापछि विमानस्थल विस्तारको काममा सहमति भएको बताउँदै प्रधानमन्त्रीले यो कामलाई सार्थकतामा परिणत गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

 

विमानस्थलमा नयाँ बन्ने टर्मिनल भवनको लागि भ्याट बाहेक एक अर्ब २८ करोड रुपियाँमा ३६ महिनामा सम्पन्न गरी चैत ६ गते केसीश्यामदेवी–प्रतिष्ठा जेभीसँग सम्झौता भएको छ ।

 

उक्त अवसरमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुजन किरातीले सेनाको ब्यारेक र घोडा फार्म स्थानान्तरण गर्ने निर्णय भइसकेको र कार्यान्वयनको काम मात्र बाँकी रहेको बताउनुभयो । उहाँले गुणस्तरीय काम गर्न र समयमा काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

 

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले १९५८ सालमा स्थापना भएको भरतपुर विमानस्थल एटिआर ७२ र सोही किसिमका जहाज सहज अवतरण गर्न मिल्ने गरी विस्तार गरिने बताउनुभयो ।

 

उहाँले हाल रहेको ५८ बिघा विमानस्थलसँगै जोडिएको ७६ बिघा ब्यारेक क्षेत्रको घोडा फार्म रहेको १९ बिघा जमिनसहितमा धावनमार्ग बनाइने र बाँकी क्षेत्रमा आकर्षक पार्क निर्माण गरिने जानकारी दिनुभयो । शिलान्यास गरिएको टर्मिनल भवन १४ कट्ठा जमिनमा दुई तलाको सुविधा सम्पन्न प्रकृतिको हुने जानकारी दिनुभयो ।

 

कार्यक्रमको अध्यक्षता गर्नुभएकी भरतपुर महानगर प्रमुख रेणु दाहालले विमानस्थल विस्तारसँगै उक्त स्थानमा आकर्षक पार्क निर्माण गरिने पनि जानकारी दिनुभयो । उहाँले आफ्नो पहिलो कार्यकालदेखि नै विमानस्थलको विस्तारका लागि गरिएको प्रयास सफल गराउन सहयोग र समर्थन गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जमरकट्टेल, बागमती प्रदेशसभा सदस्यहरू हरि सापकोटा र उत्तम जोशीले पनि बोल्नुभएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

थप पढ्नुहोस्

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...

थप पढ्नुहोस्

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

थप पढ्नुहोस्