जनस्वास्थ्यको गम्भीर लापरवाही, पोखरामा कोरोनाकालका सिरिञ्जको डंगुर (तस्बिरसहित)

पाेखरा | चैत १४, २०७९

जनस्वास्थ्यको गम्भीर लापरवाही, पोखरामा कोरोनाकालका सिरिञ्जको डंगुर (तस्बिरसहित)

पोखरा:   पोखरा महानगर स्वास्थ्य महाशाखा अन्तरगत रहेको पोखरा महानगरपालिका –८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले कोरोनाकालमा प्रयोग गरिएका सिरिञ्जहरु जथाभावी फालेको पाइएको छ । 
 

महानरको महाशाखा अन्तरगत शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कोभिड–१९ विरुद्ध लगाइएका सयौं सुई (सिरिञ्ज) तथा पिसिआर परिक्षण गरिएका किटहरु जथाभावी रुपमा डंगुर बनाएर राखेको पाइएको हो ।  
 

 

कोरोना भाइरसको महामारीको समयमा पोखरा महानगरपालिकाले आफ्नो महाशाखा अन्तरगत विभिन्न वडाका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा भ्याक्सिन (सुई) लगाउने प्रबन्ध मिलाएको थियो । 

 

सोही समयमा प्रयोग गरिएका सिरिञ्जहरु लगाइएकै स्थानमा डंगुर बनाएर राखिएको एक स्थानीयले सुनगाभा न्यूजसँग बताए । ‘त्यही ठाउँ हो कोरोनाकालमा भ्याक्सिन लगाएको, अहिलेसम्म पनि सुइको डंगुर देखिएको छ, उनले महानगरको स्वास्थ्य महाशाखालाई प्रश्न गरे, ‘यस्तो गम्भीर लापरवाही गर्न हुन्छ, स्वास्थ्य जस्तो संवेदनशील कुरामा ?’

 

पोखरा महानगरपालिका ८ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकै परिसरमा रहेको ट्रष्टभित्र नगण्य मात्रामा सिरिञ्जहरुको डंगुर मात्रै छैन यत्रतत्र छरिएका पनि छन् । यसले सो कार्यालयमा पुग्ने सेवाग्राहीलाईसमेत त्रसित बनाएको छ । सो केन्द्रको मुख्य गेट रहेपनि पछाडीपट्टी खुला रहेकाले लागुऔषधको प्रयोगकर्ताहरुको अखडा हुनेगरेको स्थानीहरुको गुनासो छ ।

 

 

कोरोनाकालको सिरिञ्जको डंगुर भएकौ ट्रसको भित्तमा लेखिएको छ, ‘गाँजा खाने ठाउँ’ । सोही स्थानमा बेलुकीपख लागुऔषध प्रयोगकर्ताहरुको अखडाकै कारण स्थानीयमा त्रास पैदा भएको बताउदै भने ‘दुईवर्ष भइसक्यो अहिलेसम्म पनि फालेको छैन । जहाँको त्यही छ, यसले त वातावरणीय प्रभाव पर्ने भो, स्वास्थ्यमा असर गर्ने देखियो । यस्तको कुरामा पनि किन लापरवाही गरेको होला ।’ 

 

सो डंगुरको विषयमा पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सुचना अधिकारी फुलदेव तिम्सिनासँग बुझ्दा अझैपनि कोरोनाकालको सिरिञ्जको डंगुर रहेको स्वीकार गरे  ।
उनले विभिन्न कारणले गर्दा सिरिन्जको व्यवस्थापन गर्न नसकेको जवाफिए । ‘यो स्वास्थ्य कार्यालयको जिम्मामा परेको हो, मेडिकलजन्य फोहोरहरुलाई व्यवस्थापन गर्न भनेको छु, तिम्सिनाले भने, ‘मेडिकल वेस्टले केही दिनमा व्यवस्थापन गर्नेछ ।’

 

उनले सम्बन्धि कार्यालयलाई व्यवस्थापनका लागि खबर गरिसकेको बताए । ‘मैले उहाँहरुलाई खबर गरिसकेको छ । त्यसको छिटै उचित व्यवस्थापन हुन्छ, तिम्सिनाले भने ।’
 

हेरौं थप तस्बिरहरु​:–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्