प्रधानमन्त्री थ्री नेसन्स : आज नेपाल र भुटान भिड्दै
काठमाडाैं | चैत १४, २०७९
काठमाडौं: घरेलु टोली नेपाल र भुटान प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भिड्दैछन् । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ ।
दुवै नेपाल र भुटानले समूह चरणमा लाअोसको सामना गरिसकेका छन् । नेपालले पहिलो खेलमा लाअोसलाई २-० ले पराजित गर्दा भुटान २-१ ले पराजित भएको थियो । नेपालले फितलो प्रदर्शन गरेपनि जित हासिल गरेको थियो । भुटान र लाअोसको खेल निकै प्रतिस्पर्धात्मक चलेको थियो ।
आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ । यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ । भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने समिकरण रहेको छ ।
लाअोसको फाइनल पुग्ने भविष्य पनि यसै खेलले निर्धारण गर्नेछ । नेपालको बराबरी वा जितले लाअोस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने समिकरण रहनेछ ।
नेपालका लागि स्टार फरवार्ड अन्जन विष्ट प्रशिक्षणमा सुरक्षा मास्क लगाएर उपस्थित रहेका थिए । उनले आजको खेलमा पनि उक्त मास्कको प्रयोग गर्दै खेल्ने सम्भावना छ । अन्जन खेल्ने राइट विंगमा पहिलो खेल भरत खवास र मनिष डाँगी दुवैको प्रदर्शन राम्रो रहेको थिएन ।
यता भुटानले हार बेहोरेपनि कप्तान चेन्चो ग्याल्सेनले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए । उनी नेपालकै लिग च्याम्पियन मच्छिन्द्रमा अनुबन्धित हुने चर्चा पनि छ । नेपाल बसाइँ लम्ब्याउन उनीमाथि भुटान निर्भर हुनेछ ।
काठमाडौं: जेनजी आन्दोलनको जगमा गठित वर्तमान सरकारलाई जनता, राजनीतिक दल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत समर्थन रहेको छ । यस सरकारलाई आगामी फागुन २१ गते घोषित निर्वाचन सम्पन्न गर्ने...
नवलपरासी: गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन स...
काठमाडौं: भड्काउ अभिव्यक्ति दिएर शान्ति सुरक्षामा असर पारेको अभियोगमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक ...

