ट्याङ्कीमा शव भेटिएपछि वैकल्पिक रूपमा खानेपानी वितरण
तनहुँ | चैत १४, २०७९

तनहुँ: ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका म्याग्दे गाउँपालिका –४ पिपलटारका बासिन्दाको खानेपानी समस्या समाधानको लागि काम अघि बढेको छ ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढेको हो ।
सांसद भण्डारीको पहलमा सो स्थानमा सञ्चालित पिपलटार खानेपानी आयोजनाका लागि तीन लाख ७० हजार बराबरको खानेपानीको पाइप उपलब्ध गराइएको छ ।
आइतबार खानेपानी आयोजनाको ट्याङ्कीमा महिलाको शव भेटिएपछि त्यो पानी उपभोक्ताले प्रयोग गरेका छैनन् । वैकल्पिक ढङ्गले खानेपानीको व्यवस्था गर्न उक्त खानेपानीको पाइप उपलब्ध गराइएको हो ।
सांसद भण्डारीले गण्डकी प्रदेशका खानेपानी मन्त्रालयका सचिव डा. सन्तोष कैनीलाई टेलिफोन गरी पाइपको व्यवस्था गर्न आग्रह गर्नुभएको थियो । खानेपानीको पाइप उपलब्ध भएसँगै १३८ घर परिवार लाभान्वित हुने भएका छन् ।
दूषित पानी पिउँदा सो गाउँका ३५० जना बिरामी भएको म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । ट्याङ्कीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्की चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए ।
खानेपानी ट्याङ्की मृत भेटिएकी महिलाको पहिचान खुल्यो
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरस्थित खानेपानीको ट्याङ्कीमा आइतबार मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । सो शव पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।
मृतक शान्तिको छोरा गणेश श्रेष्ठले शव बुझेको उहाँले जानकारी दिनुभयो । गत फागुन २३ गतेदेखि हराउनु भएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी गर्नको लागि चैत ६ गते निवेदन दिएको शर्माले बताउनुभयो । ‘‘शव फेला परेपछि हराएको सूचना दिने परिवारलाई बोलायौँ, मृतकको पहिचान खुल्यो छोराले शव बुझ्नु भयो’’ प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...