मेयर शाह भन्छन्: खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला थियो, छ र रहनेछ

काठमाडाैं | चैत १४, २०७९

मेयर शाह भन्छन्: खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला थियो, छ र रहनेछ

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले खुलामञ्च आन्दोलनका निषेधित क्षेत्र नभएको स्पष्ट पारेका छन्। मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको विषय सार्वजनिक भएपछि मेयर शाहले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहने बताएका छन्। 

 

उनले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद भएको टिप्पणी गरे। ‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन।’ फेसबुकमार्फत उनले भनेका छन्,‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन्।’

 

यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभई न्यायको लागि भएको उनको भनाई छ। ‘शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो। यसो नगरि सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ।’

 

null

 

मेयर शाहले पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले संघीयतालाई निर्मम प्रश्न गरिरहेको धारणा राखेका छन्।

 

‘पीडितहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशिघ्र चासो दिनु पर्ने हो। यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो। पिडितहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो।’ उनले थपे, ‘तर यी कुनै नभइरहेको अवस्थामा काठमाडौँ महानगरले उहाँहरुको सुरक्षित बसाइका लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको हो। तर उहाँहरुले खुलामञ्चभन्दा अन्य विकल्पहरु मान्न तयार हुनु भएन। खुलामञ्चको विषयमा अनावश्यक उर्जा खर्चिनभन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उहाँहरु बालुवाटारतिर लाग्नु भएको छ।’

 

मेयर शाहले स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने तर्क गरेका छन्। पीडितहरु माथिल्लो सरकारमा आइपुगेपछि हदैसम्म शिघ्रता देखाएर समाधान हुनुपर्ने धारणा राखे। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनले भनेका छन्, ‘रह्यो कुरा खुलामञ्चको, त्यो मञ्च आवाज बोल्न सबैका लागि सँधै खुला थियो, छ र रहनेछ। र यस आन्दोलनमा हाम्रो ऐक्यवद्धता रहनेछ।’

 

null

पोखरा:   तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स धनगढीसँग भिड्ने भएको छ ।   दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा एफसी चितवनलाई ३–० को गोल अन्तरले पर...

थप पढ्नुहोस्

तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।   आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...

थप पढ्नुहोस्

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा धनकुटाकाे पाख्...

थप पढ्नुहोस्