सेयर बजारमा १७ अंकको वृद्धि, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडाैं | चैत १३, २०७९
काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६विन्दुमा पुगेको हो।
सेन्सेटिभ इण्डेक्स २.०४ अंकले बढेर ३५८.०३ विन्दुमा अडिएको छ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। दोहोरो अंकले बढेको सेयर बजारमा २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २६.८५ अंकले घटेर १८८८.२९ विन्दुमा झरेको थियो। सो दिन २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँमा खरिदबिक्री भएको थियो।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढेको छ। आज डेभलपमेन्ट बैंक,फाइनान्स,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रोसेसिङको सेयर मूल्य २ प्रतिशत बढिले बढ्यो।
होटल्स एन्ड टुरिजम,हाइड्रोपावर,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ उमसमूहको सूचक १ प्रतिशत बढिले वृद्धि भयो। १२ उपसमूहको सूचक उकालो लाग्दा माइक्रो फाइनान्स उपसमूहको सूचक भने ०.५१ प्रतिशतले ओरालो लाग्यो।
आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुपरमाइ हाइड्रोपावर,एसियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यसदिन नेसनल माइक्रो फाइनान्स लघुवित्त वित्तीयको सेयर मूल्य भने १० प्रतिशतले ओरालो लाग्यो। यस्तै जलपा सामुदायिक लघुवित्त वित्तीयको मूल्य ८ प्रतिशत बढिले घट्यो।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ५ करोड ९० लाख बढिको सेयर कारोबार भयो। जीवन विकास लघुवित्त वित्तीयको ४ करोड ७० लाख र नविल बैंकको ४ करोड ४ लाख मूल्यको सेयर कारोबार भयो।
तनहुँ: तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास ९होमस्टे० पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन् । दरै सामुदायिक घरबासका सञ्चाल...
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो ...
पोखरा: पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको भन्दै बिभिन्न सरोकारवालाहरुले छलफल चलाएका छन । सर्वसाधारणदेखि स्वास्थ्यकर्मीसम्म एन्टिबायोटिकको सजिलै पहुँच, प्रेस्क्रिप्सनबिनै औषधी वित...

