कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बाग्लुङ | चैत १३, २०७९

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बलेवा:  बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ ।  

 

समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उहाँले जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भएको छ ।

 

मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ । 

 

त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । 

 

कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई रु तीन लाख, दोस्रो हुनेलाई रु एक लाख ५० हजार, तेस्रो हुनेलाई रु ७० हजार र सान्त्वना रु २० हजार  नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, दोस्रो हुनेलाई रु एक लाख र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार दिनेछ । 

 

यस्तै, छेलोतर्फ प्रथम हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु सात हजार पाँच सय नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत सातादेखिनै रमाइलो मेला र स्टलमा व्यवसाय सञ्चालन भइरहेको छ । चैतेदसैँैमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङ्ला, मान्द्रोलगायतका सामग्री ल्याइन्छन् । त्यस्तै दारको ठेका, फलामबाट बनेका विभिन्न घरेलु हतियारसमेत बिक्री गर्न ल्याउने गरिन्छ । 

काठमाडौं:   निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दल...

थप पढ्नुहोस्

काठमाडौं:  सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल...

थप पढ्नुहोस्

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज...

थप पढ्नुहोस्