आलु महोत्सवमा हेम्जाका आमा समूहको साथ
पाेखरा | चैत ७, २०७९
हेम्जा: यही चैत्र २६ गतेदेखि वैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेम्जा आलु महोत्सव–२०७९ लाई हेम्जाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् ।
मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा आलु महोत्सवले हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा चिनाउने गरेको पहल गर्ने कुरा राखिएका थिए ।
कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, सिद्धिविनायक आमा समुहको अध्यक्ष पार्बती थापा, राधा कृष्ण आमा समुहको प्रतिनिधित्व गर्दै सृजना सापकोटा, देविस्थान आमा समुहकी सदस्य बुद्ध कुवर, सृजनशिल आमा समुहको सचिव गीता बराल अधिकारी, लगायतले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
भेलाले आलु महोत्सवमा हेम्जा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ। त्यस अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, आमा समूह परिचालन उप समिति संयोजक उमा भुर्तेल पौडल , सांस्कृतिक उपसमिति संयोजक दान बहादुर थापा लगायतले सहजीकरण गर्नुभएको थियो ।
महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता ,कृषि कविता प्रस्तुति ,प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

