भोटेकोशी र सुनकोशीमा पक्की पुल बन्दै
काठमाडाैं | चैत ७, २०७९
फाइल तस्बिर
सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ बोक्चेन, नाम्थाङ, छेताङ र सुनकोशी गाउँपालिका–७ कोठे, पाखरदोभान, थुम्पाखर, दोलखा जोड्ने पक्की पुल निर्माण हुने भएको छ।
पुल निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार गरिसकिएको छ। भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानबाट हिमाली गाउँ बोक्चेन, नाम्थाङ, छेताङ पुग्न पक्की पुल बनाउने काम अघि बढाइएको सो गाउँपालिकाका अध्यक्ष पासाङनृर्पु शेर्पाले जानकारी दिनुभयो।
चीनको तिब्बतको सीमा उक्त गाउँमा शेर्पा समुदायको बाहुल्यता छ। वर्षौदेखि सो गाउँवासी भोटेकोशी नदी तरेर वारपार गर्दै आइरहेका छन्। पुल निर्माणपछि १५० भन्दा बढी घरधुरीका बासिन्दा लाभान्वित हुने र जोखिम मोलेर भोटेकोशी नदी तरेर घर जानुपर्ने बाध्यताबाट मुक्त हुने छन्।
राज्यबाट हुने विकास निर्माणबाट वञ्चित उक्त गाउँमा भर्खरै मात्र सडक पु-याइएको छ। नागरिकको दैनिकीलाई सहजताका लागि पक्की पुल बनाउन पालिका अध्यक्ष शेर्पालगायतका जनप्रतिनिधिले गरेको प्रयास सकारात्मक रहेको नेपाल चेम्बर अफ कमर्स भोटेकोशी गाउँपालिका समितिका अध्यक्ष फुनु शेर्पाले बताउनुभयो।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

