युुआरएलका कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम

पाेखरा | चैत ५, २०७९

युुआरएलका कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम

पोखरा:  गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शुक्रबार कर्मचारीलाई ल्याब व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम दिएको छ । युआरएल मुख्य कार्यालय सभागृहचोक र युआरएलका १३ शाखामा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि गर्दै ग्राहकलाई गुणस्तरीय सेवा दिन तालिम आयोजना गरिएको हो । 


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले रोगको निदान र उपचारमा प्रयोगशालाको भूमिकाबारे प्रकाश पारे । उनले भने, ‘प्रयोगशालाको रिपोर्ट गलत भयो वा समयमै आएन भने बिरामीको ज्यान नै जोखिममा पर्न सक्छ । आफन्त, चिकित्सक, अस्पताल व्यवस्थापनलाई दबाब बढ्छ । डाक्टरले रिपोर्टकै आधारमा उपचार गर्ने हो, कथंकदाचित रिपोर्ट गलत भए उपचार पनि गलत हुन सक्छ ।’ 


प्रयोगशाला गुणस्तर विज्ञ सुशील थापाले दक्ष प्राविधिक र अत्याधुनिक मेसिनको सम्बन्धबाट मात्रै गुणस्तरीय रिपोर्ट आउन सक्ने औंल्याए । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकीका माइक्रोबायोलोजिस्ट डा सौगात प्रधानले कल्चर जाँच र त्यसको संवेदनशीलताबारे प्रकाश पारे । 


नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले व्यावसायिक ल्याबमा कर्मचारीले आपसमा गर्ने व्यवहार र सेवाग्राहीलाई गर्नुपर्ने व्यवहारले ल्याबको परीचय दिने उल्लेख गरिन् । यसैगरी, युआरएलका टेक्निकल हेड भूपेन्द्र रेग्मी, टेक्नोलोजिस्ट सुशील थापा र बायोक्यामिस्टद्वय सुनिता श्रेष्ठ र अनुप भुसालले युआरएलले अहिले अपनाएको कार्यसम्पादन प्रक्रिया र रिपोर्टिङबारे जानकारी दिए ।प्रशिक्षार्थीलाई वरिष्ठ प्याथोलोजिस्ट डा सुदीप रेग्मीले हिस्टो प्याथोलोजी जाँचका प्रक्रिया र रिपोर्टिङबारे प्रकाश पारेका थिए । तालिममा शाखा इन्चार्ज र सहइन्चार्ज गरी ३० जना सहभागी थिए ।


युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले नयाँ टेस्ट, मेसिनहरुबारे जानकारी दिन र विश्वमा विकसित प्रयोगशालाका नयाँ तकनिकी सिकाउन तालिम आयोजना गरिएको बताए । उनले भने, ‘अब मेसिन उत्पादक कम्पनीकै विज्ञ झिकाएर तालिम दिने योजना छ । अहिलेको तालिममा आएका विषय लागू भए÷नभएको टिम बनाएर अनुगमन हुनेछ ।’


युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले सर्वाेत्कृष्ट प्रविधि, दक्ष कर्मचारी, चुस्त व्यवस्थापनसँगसँगै पछिल्लो समय विकसित प्रविधि, टेस्ट आदिलाई भित्र्याएर युआरएलअघि बढ्ने बताए । उनले भने, ‘गण्डकीको प्रयोगशाला क्षेत्रको पहिलो ल्याब युआरएल ल्याबका सबै क्षेत्रमा अग्रणी बन्दै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन कुनै दत्तचित्त छ ।’ 
 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।  बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा प...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा एमालेको सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पार्टीको गतिविधि, समसामयिक राजनीति, सरकारको कामकारबाहीलगायत विषयमा छलफल हु...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शे...

थप पढ्नुहोस्