प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडाैं | चैत ५, २०७९
काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो । सरकारमा जाने नजाने विषया अहिले कुनै छलफल नभएपनि सत्तापक्षको बेञ्चमा बसेपछि सरकारमा जान सकारात्मक नै रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा भोलि विश्वासको मत लिने कार्यक्रम तय भएको छ।
त्यस्तै बैठकले पार्टी महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ भने घनश्याम भुसाललाई महासचिवमा मनोनयन गर्ने निर्णय गरेको खतिवडाले बताए।
यस्तै बैठकले पार्टीका ४ जना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत,केदार न्यौपाने, धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रीय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रीय सचिवालयको संख्या १९ पुगेको प्रवक्ता खतिवडाले जानकारी दिए।
महासचिवमा मनोनित भएका भुसाल केहि समय अघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए।
पोखरा: पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ। क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...
काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...
काठमाडौं: विगत १४ वर्षदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) मा सक्रिय केन्द्रीय महासचिव रोशन थापा मगरले संगठन छाडेका छन्। नेकपा माओवादी केन्द्रसमेत छाडेका उनले आफूलाई जनार्दन शर्मा प्रभाक...

