पिएन क्याम्पसलाई राजनीतिक भर्ती केन्द्र बनाए:  विद्यार्थी नेता सचिन

पाेखरा | चैत ५, २०७९

पिएन क्याम्पसलाई राजनीतिक भर्ती केन्द्र बनाए:  विद्यार्थी नेता सचिन

पोखरा:   अखिल क्रान्तिकारी विप्लव निकट विद्यार्थी नेता सचिन सीले पोखरास्थित पृथ्वीनारायण क्याम्पसलाई राजनीतिक दलहरुले भर्ती केन्द्र बनाएकोे आरोप लगाएका छन् । 


पोखरामा आज (आइतबार) पृथ्वीनारायण क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता  सचिन सीले यस्तो आरोप लगाएका हुन् । 


‘पिएन क्याम्पसमा झाडु लगाउने देखि क्याम्पस प्रमुखसम्म राजनीतिक दलबाट नियुक्त गर्ने प्रचलन छ, सचिनले भने, ‘त्रिविको कार्यतालिका अनुसार आज चैत ५ गते निर्वाचन हुनुपर्ने हो तर प्रशासन र स्ववियु निर्वाचन समितिले निर्वाचन गराउन सकेन ।’


उनले क्याम्पसका कर्मचारीले नै विद्यार्थीका सूचना चुहावत गरेपछि निष्पक्ष रुपमा निर्वाचन गर्न नसकेको बताए । ‘ त्रिविको कार्यतालिका अनुसार देशभरका आंगिक र सम्बन्धप्राप्त क्याम्पसमा निर्वाचन हुने पर्ने हो , उनले भने, ‘प्रशासनबाट नै सूचना चुहावट भएपछि निष्पक्ष रुपमा निर्वाचन गराउन नसकेपछि प्रशासन र स्ववियु निर्वाचन समिति पछि हटेको छ ।’


उनले क्याम्पस प्रशासनको त्रुटी प्रतिको आन्दोलनमा चार विद्यार्थीको एकवद्धता रहेपनि अखिल (क्रान्तिकारी) प्रचण्ड निकट विद्यार्थी नेताहरु आन्दोलनबाट पछि हटेको आरोप समेत लगाए । 


अखिल (क्रान्तिकारी) विप्लव सचिवालय सदस्य प्रकाश सीले क्याम्पस प्रशासनबाट चुहावट भएको विद्यार्थीहरुको व्यक्तिगत विवरणको विषयमा छानविन गर्नुपर्ने, क्याम्पस प्रशासन वा त्रिविबाट तलवभत्ता पाएका प्राध्यापक कर्मचारीहरुले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने माग राखेको बताए । 


सर्वोच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पसमा चैत्र ८ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

 
क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) विप्लव, अखिल छैठौं र अखिल क्रान्तिकारी संयुक्तले प्रेस विज्ञप्ति निकाल्दै इतिहास बोकेको स्ववियुलाई विभिन्न ढंगले बदनाम बनाउने प्रयास भएको र आज चैत ५ गते देशभर हुने भनिएको स्ववियु निर्वाचन त्रिविका आंगिक र सम्बन्धप्राप्त क्याम्पसहरुमा एकैसाथ नहुने  अवस्था सृजना भएको उल्लेख गरेको छ ।
 

पृथ्वीनारायण क्याम्पसमा फागुन २५ गतेदेखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिको कार्यालयमा ताला लागेपछि निर्वाचन अनिश्चित बनेको छ । 
 

पोखरा:   पोखरामा १४ औं युरोपेली संघ चलचित्र महोत्सव मंसिर ६ र ७ गते हुने भएको छ।  क्युएफएक्स ट्रेड मलमा हुने महोत्सवमा युरोपका विख्यात फिल्मकर्मी, बेलायतका बाफ्टा–मनोनित सर्जक तथा उदीयमान...

थप पढ्नुहोस्

काठमाडौं: पाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यले उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको हो । महासंघले बिहीबार सुनको मू...

थप पढ्नुहोस्

काठमाडौं:  विगत १४ वर्षदेखि नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) मा सक्रिय केन्द्रीय महासचिव रोशन थापा मगरले संगठन छाडेका छन्। नेकपा माओवादी केन्द्रसमेत छाडेका उनले आफूलाई जनार्दन शर्मा प्रभाक...

थप पढ्नुहोस्