पोखराका २० वर्षीय अभिनासले बनाए साइन बोर्ड बनाउने मेसिन

पाेखरा | चैत ३, २०७९

पोखराका २० वर्षीय अभिनासले बनाए साइन बोर्ड बनाउने मेसिन

पोखरा:  पोखराका २० वर्षीय अभिनास अधिकारीले साइन बोर्ड बनाउने मेसिन बनाएका छन् ।

 

विहिबार उनले बनाएको मेसिनको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक उदघाटन गरे । करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी टुडी शिलालेख, थ्रीडी टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनासले बताए । 

 

मेसिनको अनावरण सँगै काठबाट बन्ने मायाको चिनोका लागि परनिर्भर हुनुपर्ने अवस्था नआउने भनाई उनको छ । नेपालमा नै पहिलो पटक उक्त मेसिन बनेको दाबी अभिनासले गरेका छन् । 

 

सिएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टसले निर्माण गरेको हो । ‘मायाको चिनो खरिदमा मात्रै नेपालबाट करौडौं रुपैयाँ बाहिर जान्छ । अरुप्रति हामी कति आश्रित हुने ? स्थानीय स्रोत साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो । फलस्वरुप उक्त मेसिन निर्माण गरे । मैले आफुले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको हुँ ।’, अभिनासले भने । 

 

उनले पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका छन् । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा आफ्नो रुची भएकाले पनि केही नयाँ गर्ने सोच भएको उल्लेख उनले गरे । मेसिन निर्माण कार्यलाई उनले निरन्तरता दिने बताएका छन् । ‘एउटा मेसिन निर्माण गरेर मात्र बस्दिन । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिनहरु पनि निर्माण गर्दै जानेछु । आशा छ सबैको सहयोग मिल्नेछ ।’, उनले भने । 


मेसिनको अनावरण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अभिनासले आफुले पढेको विषयलाई व्यावहारमा उतार्न गरेको प्रयास प्रशंसनिय रहेको उल्लेख गरे । यसले अन्य विद्यार्थीलाई समेत प्रोत्साहन मिल्नेमा उनी विश्वस्त छन् ।

 

अभिनासले निर्माण गरेको मेसिन देखाउनका लागि मात्र नभई व्यवसायका लागि बनेको धारणा उनले राखे । पोखरा महानगरपालिकाले सभागृहमा बिजनेस प्रोमोशन सेन्टरको स्थापना गरेको र नयाँ व्यावसायीहरुलाई प्रोत्साहन गर्दै आएको जानकारी गराए । 

 

अभिनासले निर्माण गरेको मेसिनलाई बजारीकरण गर्न पनि पोखरा महानगरपालिकाले सहज वातावरण मिलाउने अभिव्यक्ति उनको छ । विद्यार्थीलाई प्रोत्साहन गर्ने विषयमा महानगर सदैव तत्पर रहेको उनले बताए । 

 

पोखरा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अभिनास जस्ता प्रतिभाहरुलाई पोखराले संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । प्रतिभाको कदर र संरक्षण नहुँदा जनशक्ति विदेश पलायन हुनुपर्ने बाध्यतालाई समाधान गर्न सरकारी निकाय देखि नीजि क्षेत्र समेत लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । 

 

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्तोकोटीले विद्यार्थी भाइबहिनीहरु पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताए । अब सैद्धान्तिक तहको अध्ययन सँगै सीप विकासको गतिविधिलाई समेत अगाडि बढाउनुपर्ने धारणा उनको छ । 

 

गुराँस आर्टस्का निर्देशक अभिनासका बुबा शिव बहादुर अधिकारीले आफुले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेको र अहिले छोराले मेसिन बनाएर सार्वजनिक गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । कार्यक्रम चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा भएको थियो । 

काठमाडौं:  आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो ।  ...

थप पढ्नुहोस्

 पोखरा:  पोखरामा फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रम हुने भएको छ। नयाँ बर्षको अबसर पारेर वाउ इभेन्ट्सको आयोजना एवम् वाउ फेसन स्कुलको समन्वयमा पोखराको लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बार...

थप पढ्नुहोस्

पोखरा:  प्रेस क्लब गण्डकीले तीन जना सल्लाहकार चयन गरेको छ ।  पोखरामा बसेको क्लबको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघकै पूर्व केन्द्रीय सदस्य सुष्मा कुमारी प...

थप पढ्नुहोस्