उपराष्ट्रपतिको मतदान सम्पन्न : सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खस्यो

काठमाडाैं | चैत ३, २०७९

उपराष्ट्रपतिको मतदान सम्पन्न : सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खस्यो

काठमाडौं:  उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ ।

 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले दिउँसो ३ बजेसम्म संघीय संसद्का तीन सय ११ सदस्य र प्रदेश सभाका पाँच सय १८  सदस्यले मतदान गर्नुभएको जानकारी दिनुभयो ।

 

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपति  निर्वाचन सम्बन्धमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । 

 

संविधानको धारा ६९ मा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया र पदावधिसम्बन्धी व्यवस्था राष्ट्रपतिसरह हुने व्यवस्था छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्