मलमा अनुदान कटौतीको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनद्वारा माइतिघरमा प्रदर्शन
काठमाडाैं | चैत १, २०७९

काठमाडौं : सरकारले रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरेपछि चौतर्फी विरोध सुरू भएको छ। आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।
अनुदान कटौती गर्ने सरकारको निर्णय किसानको हितमा नभएको भन्दै उनीहरूले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले हाम्रो खुसी अन्न र उपज,हाम्रो उत्पादनमा मलको सहज,खेत त जोगियो,मल बिउ कहा छ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले तत्काल सरकारले अनुदान कटौतीको निर्णय फिर्ता दिनुपर्ने माग गरेका छन् ।
चेकजाच नगरि भारतीय तरकारी भित्राएर किसानको उत्पादनलाई महत्व नदिने,रसायनिक मलको अनुदान कटौती गरेर स्वदेशी उत्पादनको मूल्यबृद्धि गर्ने काम तत्काल रोकिनुपर्ने राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीले बताए।
उनीहरुले अहिले सांकेतिक बिरोधमात्रै भएकाले सरकारको निर्णय फिर्ता नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि सरकारले रासायनिक मलमा किसानलाई दिँदै आएको अनुदान समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । अनुदान कटौतीसँगै रासायनिक मल बढ्ने देखिएको छ ।
पोखरा महानगरपालिका ८ बगालेटोलमा सञ्चालित हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाइनामिक एकेडेमीले हिमाल फुड फेष्ट–२०८२ को आयोजना गर्ने भएको छ । आगामी असार पहिलो हप्ता फुड फेष्टको आयोजना गर्ने त...
तनहुँ: तनहुँको बन्दिपुर–२ कामिडाडामा सोमबार चितुवाको आक्रमणबाट पाँच बर्षीय उत्सव गुरुङको मृत्यु भएको छ । करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँग...
काठमाडौं: वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ ग...