कांग्रेसले उपराष्ट्रपतिमा जसपाका यादवलाई मतदान गर्ने
काठमाडाैं | चैत १, २०७९
काठमाडौं : नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपराष्ट्रपतिमा यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
उनका अनुसार बैठकले संघीय सांसद र प्रदेशका एवं सांसदलाई पनि यादवको पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरेको छ।
बैठकले बैशाख १० गते हुने चितवन क्षेत्र नं. २ लगायत उपनिर्वाचन हुने अन्य क्षेत्रको प्रतिनिधि सभा सदस्य पदको प्रत्यक्षतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (८) (क) (ख) (ग) बमोजिमको प्रक्रिया पुऱ्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिने निर्णय गरेको छ।
बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा बधाई दिएको छ। छ दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रही राष्ट्रियता, लोकतन्त्र र जनहितका पक्षमा निरन्तर उनले पुऱ्याएको योगदानको उच्च सम्मान र कदर गर्दै, राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न राष्ट्रपति पौडेल सफल हुने विश्वास व्यक्त गरेको छ।
बैठकले कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व जिल्ला सभापति एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा रामबहादुर ठकुरी, चितवन क्षेत्र नम्बर- १ का महाधिवेशन प्रतिनिधि कमलादेवी श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

