संघीय शिक्षा ऐन ल्याउने गृहकार्य भइरहेको छ : प्रधानमन्त्री दाहाल
काठमाडाैं | फागुन २९, २०७९

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय शिक्षा ऐन ल्याउने तयारीमा रहेको बताएका छन् । शिक्षा क्षेत्रमा देखिएका सबै समस्याहरूलाई समाधान गर्ने गरी शिक्षा ऐन ल्याउने तयारी भइरहेको प्रधानमन्त्री प्रचण्डले बताएका हुन। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको उनको दावी छ।
पद्मोदय विद्यालयको ७७ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री प्रचण्डले भने,'संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रमा देखिएका समस्या प्याकेजमै समधान गर्न सरकार प्रतिवद्ध रहेको छ ।' त्यसका लागि गृहकार्य भइरहेको छ।'
प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुरुयोजना बनाइ सरकारी शैक्षिक संस्थाको गुणस्तर बढाउने बताए ।
शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान, प्रविधि र व्यवसायी बनाउन पाठ्यक्रममा गुणात्मक सुधार ल्याउनु आवश्यक रहेको उनको भनाइ छ।
उनले भने,'शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी,आधुनिक विज्ञान प्रविधि र व्यवसायी बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक छ।'
प्रधानमन्त्री प्रचण्डले प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान गणित र इन्जिनिरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य बनाउनुपर्नेमा जोड दिए।
उनले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन पनि उत्तिकै आवश्यक रहेको बताउँदै यसका लागि नीतिगत,कानुनी,संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य पनि त्यत्तिकै आवश्यक हुने बताए।
सरकारी र नीजि क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले सरकारी शैक्षिक क्षेत्रको गुणस्तर बढाउन शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयन ल्याउनुपर्ने दायित्व भएको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...