पिएनमा स्ववियु निर्वाचनः यस्ता छन् विद्यार्थी संगठनका चुनावी एजेन्डा

पाेखरा | फागुन २३, २०७९

पिएनमा स्ववियु निर्वाचनः यस्ता छन् विद्यार्थी संगठनका चुनावी एजेन्डा

पोखरा:    आगामी चैत ५ गते देशभरका त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ५० सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ । 


त्रिविको कार्यतालिका अनुसार फागुन १९ (शुक्रबार) सबै आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न संघसंगठन, प्यानल, दर्ता भइसकेका छन् । विं.स २०६५ सालमा भएको स्ववियु निर्वाचनपछि १४ वर्षपछि मात्र पृथ्वीनारायण क्याम्पसमा निर्वाचन हुँदैछ । 


२०६५ सालपछि एकै पटक ८ वर्षपछि २०७३ सालमा केही क्याम्पसमा स्ववियु निर्वाचन भएपनि पोखराको पृथ्वीनारायण क्याम्पसमा विविध कारण निर्वाचन हुन सकेन । 


यसैविच पृथ्वीनारायण क्याम्पसमा क्रियाशील विभिन्न राजनीतिक दल समर्थित विद्यार्थी संगठन तथा विभिन्न स्वतन्त्र प्यानल दर्ता भएपछि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । विद्यार्थीहरु संगठनहरुले क्याम्पसको भौतिक पूर्वाधारदेखि आधुनिक शिक्षा प्रणाली पहिलो एजेन्डा बनाएका छन् । 

चैत ५ गते पोखराको पृथ्वीनारायण क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले मात्र उम्मेदवार तय गरेको छ भने  विद्यार्थी संगठनमा आकांक्षी बढी हुँदा उम्मेदवार चयन गर्न सकेको छैन । 


अखिल क्रान्तिकारीले बसन्त भट्टचन थकालीलाई सर्वसम्मत सभापति पदमा उम्मेदवार तय गरेको पनि अन्य विद्यार्थी संगठनहरु छलफलकै चरणमा रहेको जानकारी दिएका छन् । त्रिविको कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारी दर्ताको समय तोकेको छ । 


के भन्छन् विद्यार्थी नेता, कसको के एजेन्डा


नेकपा माओवादी निकट अखिल क्रान्तिकारीबाट बसन्त भट्टचन थकालीलाई सभापति पदमा सर्वसम्मत चयन गरेसँगै विद्यार्थी माझ प्रचारप्रसारलाई तिव्रता दिएको छ । 


१४ वर्षपछि पिएनमा हुन लागेको स्ववियु निर्वाचनमा विद्यार्थीमाझ कस्तो एजेन्डा लिएर जाँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा सुनगाभा न्यूजसँग उम्मेदवार थकालीले प्रत्येक वर्ष विद्यार्थीहरुले बुझाउने शुल्कबाट स्वतन्त्र विद्यार्थी युनियनको खातामा भएको रकम पारदर्शी गर्ने बताए । 


‘१४ वर्षपछि क्याम्पसमा स्ववियुको निर्वाचन हुँदै छ, क्रान्तिकारीको पहिलो एजेन्डा भनेको अहिले सम्म स्ववियुको कोषमा कति रकम संकलन भएको छ त्यसलाई पारदर्शी गछौं, थकालीले भने, ‘कोषमा जम्मा भएको रकमलाई विद्यार्थीको हकहितका लागि बैंकमा जम्मा गरेर विभिन्न कोष स्थापना गछौं ।’


उनले क्याम्पसमा संकाय अनुसारको कक्षाकोठामा छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने समेत बताए । ‘अन्य मुलुकमा हे¥यौं भने शिक्षामा लोकतन्त्र छ तर यस क्याम्पसमा भर्ना देखि लिएर परिक्षा फर्म, शुल्क बुझाउन घण्टौ लाइन बस्न पर्ने अवस्था छ, यसलाई सुधार गर्न आधुनिकरण गर्दै अनलाइन सिस्टम बनाउन पहल गर्ने दोस्रो एजेन्डा हुन् ।’ उनले भने । 


भट्टचनले क्याम्पसको भौतिक पूर्वाधार कक्षा कोठामा भएको डेस्क बेन्च लगायतका क्षेत्रको मर्मतदेखि परिवर्तन गर्दै लैजाने धारणा राखे । 


यस्तै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ पिएनका सभापति गौरव बरालले विद्यार्थीहरुलाई यातायात र स्वास्थमा ५० प्रतिशत छुट दिन माग गर्ने एजेन्डालाई अगाडि सारेको बताए । 


‘१४ वर्षपछि स्ववियु निर्वाचनको मिति नजिकिएसँगै विद्यार्थीहरु उत्साहित भएका छन्, अन्य संगठनसँगै नेविसंघ पनि निर्वाचनमा भाग लिएको छ, बरालले भने, ‘सौहान्दपूर्ण वातावरणमा निर्वाचनमा भाग लिन हामी सबै तयार छौं ।’


उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति बढाउन र विभिन्न कारणले पठनपाठनमा हुने समस्याको समाधान गर्ने बताए । 


‘नियमित पठनपाठन सञ्चालन गर्ने, विभिन्न राजनीतिक संगठनबाट हुने बन्द हट्ताल, चक्काजामलाई बन्देज गछौं, उनले भने, ‘क्याम्पसमा प्राज्ञिक क्षेत्रमा दलिय हस्तक्षेप र नियमति पठनपाठन गराउने लगायतका एजेन्डा लिएर विद्यार्थी माझ आएका छौं ।’


उनका अनुसार क्याम्पसमा बढ्दो शुल्क घटाउने, क्याम्पसमा सुविधायुक्त शौचालय, क्याम्पसको भौतिक संरचना मर्मत, स्ववियुको आयव्यय सार्वजनिक, छात्रावास नियमित तथा व्यवस्थित लगायतका एजेण्डा नेविसंघले लिएको छ । बराल पिएन क्याम्पसमा नेपाल विद्यार्थी संघबाट सभापतिका आकांक्षी समेत हुन् । 


यस्तै नेकपा एमाले निकट अनेरास्ववियु पिएनका अध्यक्ष तथा स्ववियु सभापतिका आकांक्षी विष्णु पोखरेलले क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउने बताए ।  


‘क्याम्पसमा अहिले बिएड, कानुन लगायतका विषय प्राइबेट जस्तो रुपमा सञ्चालन भएको छ, गरिब तथा सामान्य परिवारका विद्यार्थीहरुले यो विषय पढ्नबाट बञ्चित छन् सबैलाई समान शिक्षा प्रदान गर्न सरकारी विश्वविद्यालय बनाउन आवश्यक छ ।’ पोखरेलले भने । 


पिएन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मार्कसिट लगायत बिग्रने, स–साना समस्या क्याम्पसमै समाधान गर्न पनि क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउन लागि पर्ने पोखरेलको निर्वाचित भए पहल गर्ने पुनः दाबी गरे । 


अनेरास्ववियुुले क्याम्पसमा प्रशासनमा काम ढिलासुस्ती भएको भएकाले अनलाइन सिस्टममा लैजान पहल गर्ने, विवादित जग्गा क्याम्पसको नाममा ल्याउन पहल गर्ने, पुस्तकालयमा प्राप्त पुस्तक राख्न प्रशासनसँग पहल गर्ने प्रमुख एजेण्डा बनाएको छ । 


यस्तै नेकपा एकिकृत समाजवादी  निकट अखिल क्रान्तिकारी अनेरास्ववियूका नेता सन्तोष न्यौपानेले पिएन क्याम्पसलाई पर्यटनसँग विषयसँग जोडेर अगाडि बढाउने सुनगाभा न्यूजसँग बताए । 

 

‘पोखरा आफैमा पर्यटन क्षेत्रको महत्वपूर्ण स्थान हो, पोखरामै रहेका क्याम्पसमा पर्यटनसँग जोडेर क्याम्पसलाई अगाडि बढाउनुपर्छ भन्ने अनेरास्ववियूको प्रमुख एजेन्डा हुन्’ न्यौपानेले भने । 


उनले संकाय अनुसारको पुस्तकालय र सबैलाई समान शिक्षा प्रदान गर्न सबै संकायका शूल्क घटाउने उद्घोष गरे । 


यस्तै स्वतन्त्र विद्यार्थी समूह दर्ता गरेका दिप्सन गुरुङले विद्यार्थीहरुलाई ठुला–ठुला सपना देखाउनु भन्दा क्याम्पसका साना–साना समस्या समाधान गर्न आफ्नो प्यानल लागि पर्ने बताए । 


‘स्ववियु निर्वाचनमा दलगत भन्दा स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्न समूह निर्माण गरेका छौं, केही दिनमा घोषणा पत्र सार्वजनिक गछौं, गुरुङले भने, ‘क्याम्पसमा दर्ता गरिएको नाम भन्दा फरक नाम आएको छ, त्यो समाधान भएपछि मात्र अगाडि बढ्छौं ।’


 

पोखरा:   नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीले पोखरामा आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगितामा जनकल्याण पोखरा–११ उपाधि नजिक पुगेको छ ।  जनकल्याणले माछापुच्छ«े गुराँसे भूमि घा...

थप पढ्नुहोस्

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिक...

थप पढ्नुहोस्

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको...

थप पढ्नुहोस्