राष्ट्रपतिमा नेम्वाङको जित निश्चित: रायमाझी
काठमाडाैं | फागुन २०, २०७९
सन्धिखर्क: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अबको निर्वाचनमा एमालेको बहुमत ल्याउने अभियानका साथ मिसन ग्रासरुट सञ्चालन गरेको बताएका छन्।
आगामी हुने निर्वाचनमा एमाले एकल निर्वाचन लड्दा पनि बहुमत आउने गरी संगठन बनाउन पाटीले मिसन ग्रास रुट लिएर गाउँगाउँमा छिरेको जानकारी दिए।
प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्क शाखाले गरेको पत्रकार सम्मलेनमा बोल्दै एमालेका नेता रायमाझीले राष्ट्रको लक्ष्य प्राप्त गर्न र सुखी नेपाली समृद्ध जनता बनाउन र एमालेले आफ्नो पालामा गरेका कामको जानकारी गाउँगाउँमा गराउन अभियान सञ्चालन भएको बताए।
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पाटीको ह्वीप नलाग्ने भएकाले दुई पात्र हेरेर भोटिंग हुँदा राष्ट्रपतिमा सुवास नेम्वाङको जित हुने दाबी गरेका छन्।
एमाले र माओवादीबीच राष्ट्रपतिमा एमालेले लिने भनेर भएको सहमति तोडेर माओवादी अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन बनाएको बताउदै एमालेले पहिलाको सहमति अनुसारनै राष्ट्रपतिमा उम्मेदवार उठाएको बताए।
वर्तमान गठबन्धनका कारण देशमा आर्थिक संकट उत्पन्न भएको बताए। वर्तमान गठबन्धनले देशमा संकट निम्ताउने उनको दावी छ।
कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायतको सहभागिता थियो।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

