हेर्दाहेर्दैमा राखिएको सन्दीपको पुनरावेदन रिटमा आज सुनुवाइ हुँदै
काठमाडाैं | फागुन १५, २०७९

काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा परेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजालसमा आइतबार सुनुवाइ भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।
पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएपनि उनलाई विदेश भ्रमणको अनुमति दिएको छैन।
सन्दीपले आफूलाई विदेश भ्रमणमा लगाइएको प्रतिवन्द फुकुवा गर्न माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेका थिए। सन्दीपलाई धरौटीमा छोड्ने पाटन उच्च अदालतको आदेशविरूद्ध सरकारी वकिल कार्यालयले सर्वोच्चमा रिट दिएको छ। उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने महान्यायाधीवक्ता कार्यालयको माग छ।
महान्यायाधिवक्ता कार्यालय र सन्दीपको निवेदन एकैसाथ राखेर आइतबारबाट सुनुवाइ सुरू भएको हो।
लामिछानले विश्वकप लिग-२ अन्तर्गतको खेलमा सहभागी हुन पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल क्रिकेट संघ (क्यान)ले पनि सन्दीप टिमको महत्पूर्ण खेलाडी रहेको र विदेश लैजाने र ल्याउने जिम्मा आफूहरूले लिने भन्दै गत बिहीबार सर्वोच्च अदालतसमक्ष अपील गरेका थिए।
शुक्रबार सो मु्द्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई युएई भ्रमणमा सहभागी हुन नपाउने आदेश दिएको थियो।
उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो। नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले विदेश भ्रमणमा रोक लगाउनेगरी धरौटीमा रिहा गरेको थियो।
काठमाडौंः जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छ...
गलकोट: बागलुङको काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ । गाउँको एक...
नुवाकोट: त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् । त्रिदेशिय सडक मार्ग अन्तर्गत विदुर–वेत्रावति–किस्पाङ–मै...