आज मगर स्थापना दिवस
पाेखरा | फागुन १५, २०७९

पोखरा: आज देशभरका मगर समुदायले आफ्नो स्थापना दिवस मनाउँदैछन् ।
दिवसका अवसरमा सबै जिल्ला र पालिकासहित विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने सङ्घले विश्वास लिएको छ।
दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका पालिकाहरुमा आज सार्वजनिक बिदा दिइएको छ। बाग्लुङको निसीखोला गाउँपालिकाको आज बिदा दिएको छ । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वका आठवटै पालिकाले नेपाल मगर सङ्घको ४१औँ स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् ।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।
काठमाडौंः जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छ...
गलकोट: बागलुङको काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उहाँकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाल्नुभएको छ । गाउँको एक...
नुवाकोट: त्रिशूली नदीले पक्कि सडक कटान गरेपछि त्रिदेशिय सडक मार्ग अवरुद्ध भएको छ । कपितपय स्थानमा वस्ती नै जोखिममा परेका छन् । त्रिदेशिय सडक मार्ग अन्तर्गत विदुर–वेत्रावति–किस्पाङ–मै...