पेरिस ओलम्पिक: महिला फुटबल छनोट नेपालमा हुने

काठमाडाैं | फागुन १४, २०७९

पेरिस ओलम्पिक: महिला फुटबल छनोट नेपालमा हुने

काठमाडौं : नेपालले अर्को वर्ष फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ को एरिया महादेशको महिला फुटबल छनोट अन्तर्गत समूह ‘सी’को खेल आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल आयोजक चयन भइसकेको बताएको छ।

 

नेपालले समूह ‘सी’को छनोटमा भियतनाम र अफगानिस्तानसँग खेल्ने छ। समूह ‘सी’मा परेको प्यालेस्टाइनले नाम फिर्ता लिएपछि तीन टिम मात्रै सहभागी हुनेछन्। पहिलो चरणका खेलहरू अप्रिल चारदेखि सुरु हुनेछन्।

 

पहिलो चरणबाट समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछन्। उत्तर कोरिया, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया यसअघि नै दोस्रो चरणमा पुगिसकेका छन्। दोस्रो चरणमा पुगेका टिमहरूलाई तीन समूहमा विभाजन गरेर तीन समूह विजेता र एक उत्कृष्ट उपविजेता टिम तेस्रो चरणमा पुग्ने छन्।

 

तेस्रो चरणबाट शीर्ष दुई टिमले अर्को वर्ष हुने पेरिस अ‍ोलम्पिकमा स्थान बनाएने छन्। नेपाली राष्ट्रिय टिमले ओलम्पिक छनोटको तयारी स्वरूप भारतसँग यही महिना दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ। भारतविरुद्धको पहिलो खेल २–२ तथा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्