‘नेपालको राजनीति विदेशीको इसारामा चल्नु हुँदैन’
काठमाडाैं | फागुन १२, २०७९
सुर्खेत: नेकपा (एमाले) का नेता भीमबहादुर रावलले नेपालको राजनीति नेपाली जनताको भलाई र हितमा चल्नुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालको राजनीति विदेशीको इसारामा चलेको छनक मिलेकोभन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै रावलले राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी शक्तिहरूको समेत हस्तक्षेप बढिरहेको चर्चा गर्नुभयो । ‘देशको राष्ट्रपतिजस्तो पदमा विदेशी हस्तक्षेप हुनु राम्रो होइन, राजनीतिक दलका नेताहरु यसमै रमाइलो मानेर बस्नु झन विडम्बनापूर्ण हो’ उहाँले भन्नुभयो ।
रावलले राष्ट्रपतिको विषयमा जे–जस्ता गतिविधिहरू भइरहेका छन्, त्यो विषयमा नेपालप्रति चासो र रुचि राख्ने कैयौँ मान्छेहरू चकित भएको समेत उहाँले चर्चा गर्नुभयो । देशको राजनीति राष्ट्रपतिको निर्वाचनमाजस्तो विकासका लागि तातेको भए देशमा ठूलो आर्थिक परिवर्तन आउँथ्यो उहाँले भन्नुभयो ।
कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनु नै देशको हितमा रहेको उहाँको भनाइ छ । तर अहिले सबै नेताहरु आफ्नो स्वार्थमा केन्द्रित देखिएको उहाँले टिप्पणी गर्नुभयो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

