रुपामा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन २३ देखि
पाेखरा | फागुन १२, २०७९

पोखरा: कास्कीको रुपा गाउँपालिकाको आयोजनामा अध्यक्ष कप खुल्ला (वडास्तरीय) पुरुष भलिबल प्रतियोगिता फागुन २३ गतेदेखि सुरु हुने भएको छ ।
रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा फागनु २३ देखि २७ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, गाउँपालिका स्तरीय झाँकी प्रदर्शन, माला बुन्ने प्रतियोगिता आयोजना गरेको आज पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा राष्ट्रिय स्तरको एक जना खेलाडी राख्न पाउने बताए ।
‘गाउँपालिकाको स्थापना दिवसमा ०७५ देखि खेलकुदको कार्यक्रमलाई अगाडि बढाउँदै आएका छौं, ओझाले भने, ‘स्थापना दिवसमा पुरुष भलिबल, रुपा गाउँपालिका स्तरीय झाँकी प्रदर्शनी, माला प्रतियोगिता र रुपा रत्न पुरस्कार २०७९ आयोजना गरेका छौं ।’
उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख २५ हजार, दोस्रो हुने समूहले ८० हजार र तेस्रो हुने समूहले ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ बेस्ट प्लेयरले ३ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र अनुशासित टिमले जनही २/२ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
गाउँपालिका अन्तर्गत ७ वटै वडाहरुमा लोप हुन लागेका विभिन्न जाजातिहरुको संस्कृति संरक्षण गर्ने उद्देश्यले झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरिएको ओझाले बताए ।
उनका अनुसार झाँकी प्रदर्शन बढीमा ३५ जना सहभागी हुनुपर्ने र ५ जना ३० वर्ष कम उमेर समूहका हुनुपर्ने नियम बनाइएको छ । कला, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न ३० वर्ष भन्दा कम उमेरकालाई झाँकी प्रदर्शनमा सहभागी गराउने नियम बनाइएको छ । झाँकी प्रदर्शनीको विजेताले ३० हजार, दोस्रो हुने समूहले २० हजार र तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुने समूहले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । झाँकी प्रदर्शनीमा आउने समूहलाई ५ हजार यातायात र २ हजार खाना खाजा उपलब्ध गराउने भएको छ ।
यस्तै माला बुन्ने प्रतियोगिताको विजेताले ६ हजार ६ सय ६७, दोस्रो हुने समूहले ४ हजार र तेस्रो हुने समूहले २ हजार ६ सय ६७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माला बुन्ने प्रतियोगितामा स्थानीय साम्रागीको प्रयोग गर्नुपर्ने र बाह्य वस्तुहरु जरि फुल लगायतका कुनै पनि सामान प्रयोग गर्न नपाइने नियम बनाएको छ ।
रुपा गाउँपालिकाले अध्यक्ष स्थापना दिवसका अवसरमा गाउँपालिकालाई सहयोग गर्ने र रुपामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वलाई पनि रुपा रत्नबाट सम्मान गरिने जानकारी दिए । विगतका वर्षहरुमा पनि स्थापना दिवसमा रुपा रत्नबाट विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कोदो दिवसका अव...
काठमाडौं: देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुचि देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानल...
पोखरा: आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । ...