आमा समूहद्वारा आयातीत मदिरा निषेध

म्याग्दी | फागुन १२, २०७९

आमा समूहद्वारा आयातीत मदिरा निषेध

म्याग्दी:  सामाजिक विकृतिविरुद्ध लड्न यहाँका महिला एकजुट भएका छन्। जिल्लाको मालिका गाउँपालिका–५, मगरदाङका महिलाले मदिरा सेवन गरेर होहल्ला, झै–झगडा र सामाजिक सद्भाव बिगार्नेलाई जरिवाना तिराउनेसमेत नियम बनाएका छन्।

 

आमा समूहको अगुवाइमा १५ हजार रुपियाँसम्म जरिवाना तिराउने नियम बनाइएको छ। मगरदाङ आमा समूहले जनप्रतिनिधि र अगुवाहरूको सहभागितामा हिउँदे गाउँसभा गरेर सामाजिक विकृति र हिंसा न्यूनीकरणका लागि नियम बनाउनुका साथै ज्याला र कृषि उपजको मूल्य निर्धारण गरेको हो।

 

समूहकी अध्यक्ष राजमती बुढाले जुवातास खेल्न र आयातीत मदिरा सेवन तथा बिक्री वितरण गर्न रोक लगाइएको बताउनुभयो। “हाम्रो गाउँभित्र आयातीत मदिरा बेचबिखन गर्न रोक लगाएका छौ,” उहाँले भन्नुभयो, “तोकिएको भन्दा अन्य समयमा घरेलु मदिरा सेवन गरेर होहल्ला, झगडा र अशान्ति फैलाउनेलाई जरिवाना तिराउछौँ।” 

 

संस्कारगत विवाह, छेवर, किरिया र घरमा साँझको समयमा मात्र गाउँमै उत्पादन भएको मदिरा प्रयोग गर्न छुट दिइएको छ। मगर समुदायको बाहुल्य रहेको मगरदाङमा २५० घरधुरी छन्।

 

तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक पाँच हजार रुपियाँ, दोस्रो पटक दश हजार रुपियाँ र तेस्रो पटक पन्ध्र हजार रुपियाँ जरिवाना तिराएर प्रहरीको जिम्मा लगाइने मगरदाङ आमा समूहकी सचिव सुनिता पुनले बताउनुभयो।

 

समूहले निर्णय कार्यान्वयनका लागि टोलटोलमा महिलाहरूको निगरानी समूह बनाएका छन्। मदिराको अव्यवस्थित सेवन तथा जुवातास र लागूपदार्थ दुव्र्यसनीका कारण उत्पन्न घरेलु हिंसा, सामाजिक सद्भावमा असर र विकृति नियन्त्रणका लागि महिला अग्रसर बनेका हुन्। आमा समूहको प्रयासमा वडाका जनप्रतिनिधि, राजनीतिक दल र देउताभीर युवा क्लबले पनि साथ दिएका छन्।

 

गाउँ सभामार्फत उमेर समूहअनुसार मजदुरको ज्याला र कृषि उपजको मूल्य निर्धारण गरिएको छ। सबैभन्दा कम खेतालाको दैनिक चार सय रुपियाँदेखि अधिकतम हलगोरुसहितका हलीलाई प्रतिदिन एक हजार चार सय रुपियाँ ज्याला तोकिएको छ।   

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्