यातायातको मुद्दा व्यवसायीको मात्रै होइन सिङ्गो देशको हो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैं | फागुन १०, २०७९

यातायातको मुद्दा व्यवसायीको मात्रै होइन सिङ्गो देशको हो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं:  उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिङ्गो देशको मुद्दा भएको बताउनुभएको छ ।

 

बुधबार मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीसँगको छलफलपछि मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो । उहाँले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि मन्त्रालयले कार्यदल बनाएको पनि स्मरण गर्नुभयो ।

 

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘हामीले यातायात क्षेत्रको समस्या समाधान गर्दै समग्र सुधारका लागि ’यातायात व्यवस्था सुधार सुझाव कार्यदल’ बनाएका छौँ । अब यातायातको मुद्दा व्यवसायी वा व्यक्ति विशेषको मात्र रहेन । यो सिङ्गो देशको मुद्दा बनेको छ ।’’

 

 

यातायात व्यवसायीका गुनासो सम्बोधन गर्न आफू तयार रहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले कार्यदलका प्रतिवेदनका आधारमा व्यवसायीका जायज मागहरू सम्बोधन गरिने आश्वासन दिनुभयो ।

 

उहाँले भन्नुभयो, ‘‘हामी यातायात व्यवसायीले राखेका मागहरू सम्बोधन गरेर ठोस कदम चाल्न चाहन्छौँ । कार्यदलले हामीलाई जुन प्रतिवेदन दिन्छ, त्यसको आधारमा तपाईंहरूका मुद्दा पनि समेटेर ठोस कदम चाल्छौँ । तपाईंहरूको जायज माग पनि सम्बोधन गर्छौं ।’’

 

ट्रक यातायात व्यवसायी महासङ्घका पदाधिकारीहरूले उपप्रधानमन्त्री श्रेष्ठलाई व्यवसायका समस्या र सुझाव समेटेर चार पृष्ठको सुझाव पेश गरेका छन् । व्यवसायीहरूले मुख्य रूपमा सवारी कर र राजस्व, सडक दुर्घटना, बीमा, पार्किङलगायतले आफूहरूलाई समस्यामा पारेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।

 

व्यवसायीहरूले सवारी कर र राजस्व, सडक दुर्घटना र असीमित जोखिम, दुर्घटनाको जटिलता र कानुनको पालना, बीमा तथा सवारी कानुन, पञ्जीकरण, विद्युतीय सवारी, ट्रकपार्क तथा हाइवे पार्किङ वे, तौलपुलको अनिवार्यता, यातायात निर्देशनालय बनाउनुपर्ने, अधिकारसम्मपन्न यातायात प्राधिकरण, बीआईएनका सम्बन्धमा तथा भारतीय सवारी साधनको अतिक्रमणलगायत विषयमा उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

 

 

सिन्धुली:   मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानदेखि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभीरमा लेदोका कारण लोकमा...

थप पढ्नुहोस्

विराटनगर:   कोशी प्रदेश सरकारले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुने गरी संशोधन गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम संशोधन गर्ने निर्णय...

थप पढ्नुहोस्

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतया बदली रह...

थप पढ्नुहोस्