पब्लिक फोरके टेलिभिजनको नियमित प्रसारण सुरु
पाेखरा | फागुन ९, २०७९
पोखरा: गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् ।
नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए ।
‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पीँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको उनले औंल्याए ।
पोखरा महानगरका मेयर धनराज आचार्यले टिभीको आधिकारिक वेबसाइट उद्घाटन गर्दै सकारात्मक सहयोग र खबरदारी गर्ने प्लेटफर्मका रुपमा आएको बताए ।
‘हाम्रा कामलाई सकारात्मक ढंगले सहयोग गर्ने, कहींकतै कमजोरी भयो भने खबरदारी गर्ने एउटा राम्रो प्लेटफर्म आएको छ,’ उनले भने, ‘अबका टिभीले दिनमा पछाडि फर्केर हेनुनपरोस् ।’
निर्देशक रुद्रप्रसाद अर्यालले स्वागत गरेको उद्घाटन कार्यक्रममा टिभीका अध्यक्ष प्रेमप्रसाद भट्टले संघीयताको मर्मअनुसार आम नागरिकले पाउनुपर्ने विश्वसनीय सूचना सामग्री पब्लिक टिभीको मुख्य ध्येय रहेको बताए ।
समुद्घाटन समारोहमा गण्डकीका दिवंगत श्रष्टाहरुको सम्मान र सम्झनामा सांगीतिक कार्यक्रम गरिएको थियो । जसमा गायक राज सिग्देल, विनोद बानिया, सन्तोष बस्याल र अजुदा थापाले प्रस्तुति राखेका थिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

