ढुवानी भाडा नबढाउन चेम्बर अफ कमर्सकाे माग
कास्की | जेठ २४, २०७९

पोखरा: नेपाल आयल निगमले इन्धनको मूल्यमा गरेको हेरफेरसँगै आफूखुसी ढुवानी भाडा वृद्धि नगर्न पोखरा चेम्बर अफ कमर्स कास्कीले ढुवानी व्यवसायीलाई आग्रह गरेको छ ।
चेम्बरका महासचिव नवराज आचार्यले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरोकारवाला निकायसँगको समन्वयमा वैज्ञानिक रुपमा मूल्य निर्धारण गर्न आग्रह गरेका हुन् ।
‘सम्पूर्ण व्यवसायी गतिविधिको मेरुदण्डको रुपमा रहेको ढुवानी व्यवसायसमेत इन्धनको मूल्य वृद्धिले व्यवसायको लागत मूल्य बढाएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान विषम परिस्थितिको मौका छोपी सरोकारवाला संस्था तथा व्यक्तिसँग राय, परामर्श नगरी आफू खुसी गरिएको ढुवानी भाडा वृद्धिले सम्पूर्ण सर्वसाधारणमा भार परेको छ ।’
विज्ञप्तिमा आन्दोलनका नाममा मूल्य एकाधिकारको प्रयोग गरी आफूखुसी ढुवानीको भाडा बढाउने कार्यले व्यवसायीको पनि अप्रत्यासित रुपमा लागत वृद्धि हुन गई सम्पूर्ण व्यवसायिक प्रणाली धरासायी हुने खतरा बढेको दाबी गरिएको छ ।
अहिलेको परिस्थितिले सम्पूर्ण वस्तु तथा सेवाको मूल्य वृद्धि हुने तथा सरकारको खुला बजार तथा प्रतिस्पर्धात्मक बजारको अवधारणालाई नै चुनौती दिने गरी एकाधिकार मूल्य अवलम्बन गरिएको उल्लेख गर्दै विज्ञप्तिमा ढुवानी व्यवसायीलाई जती सक्दो चाँडो सम्पूर्ण सरोकारवाला निकायसँग छलफल गरी वैज्ञानिक मूल्य निर्धारण गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा नेपाल सरकारलाई यो विषयलाई गम्भीर रुपमा लिई अविलम्ब ठोस निर्णय लिन ध्यानाकर्षण गराइएको छ ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोव...
काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय ...
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...