चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट हटाइयो

काठमाडाैं | फागुन ९, २०७९

चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट हटाइयो

काठमाडौंः नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई भेन्टिलेटरबाट हटाइएको छ। बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको हो।

 

भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार आउन लागेको जानकारी दिए। उनले भने, ‘आज बिहान डा. मुकेश मिश्रा र डा. अमोल मात्रेसँग काउन्सिलिङ्ग सम्पन्न भइ सकेको छ। उनको ईटी ट्यूव निकालिएको छ। अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। डाक्टरहरुको योजना बमोजिम १५ लिटरलाई घटाउँदै लगिनेछ। ’

 

उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीको सबै पारामिटर नर्मल छन्। फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनुपर्ने अवस्था नरहेको डाक्टरबाट जानकारी प्राप्त भएको छ। अहिले भण्डारी बोल्न थालेका छन्।

 

भण्डारीको प्रत्येक दिन छातीको फिजियो भइरहेको छ। सुन्निएको अनुहार पुरानो अवस्थामा फर्केको छ। कुनै कुनै ठाउँमा रातो रातो नयाँ छाला पलाएको देखिएको छ।

 

डाक्टर र नर्सहरुले भण्डारीले घेरै कुरा गर्न खोजिरहेका तर आफूहरुले नबुझेको बताए।  

 

गत बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुबैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।

 

नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्