माधव नेपाल वा अरूले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, जित्छ: शेखर कोइराला
काठमाडाैं | फागुन ९, २०७९
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र जित्ने बताएका छन्।
संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा उम्मेदवारी दिने कोइरालाले बताए। तर अहिलेसम्म उम्मेदवार भने टुंगो नलागेको कोइरालाको भनाइ थियो। राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
‘हिजोदेखि एउटा कुरा आएको छ- केपी ओलीजीले माधवकुमार नेपालजीलाई भेट्नुभयो भन्ने। उहाँहरू पहिले एउटै पार्टी (एमाले) मा हुनुहुन्थ्यो, २ वर्षजति भयो उहाँहरूले अर्को पार्टी (एकीकृत समाजवादी) बनाउनुभयो। त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने 'चान्स' हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ,’ कोइरालाले मंगलबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ। ढुक्क हुनुस्।’
एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट भएका विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने पनि कोइरालाले बताए।
‘माधव नेपालजी वा अरूको कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवार नदिने भन्ने सोच राख्या पनि छैन राख्दा पनि राख्दैनौं,’ उनले भने।
उनले चुनावका बेला पाँचदलीय गठबन्धन गरे पनि यसबीचमा कांग्रेसका तर्फबाट केही कमीकमजोरी रहेको र त्यो स्वीकार गरिएको पनि बताए। उनले दलका नेताका नाममा राष्ट्रिय सहमति हुने अवस्था आफूले नदेखेको बताए।
‘संसदमा भएका दलका नेताका नाममा राष्ट्रिय सहमति हुनुपर्यो, भएन भने के गर्ने?,’ उनले भने, ‘राष्ट्रपति पार्टीभित्रबाट लिने कि बाहिरबाट भन्ने पनि छ। पार्टीभित्रबाट दिँदा कांग्रेस उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न पनि सक्छ। माओवादीका उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न सक्छ। यसरी त राष्ट्रिय सहमति बन्दैन। राष्ट्रिय सहमति बनाउन बाहिरबाट गयो भने बन्न सक्छ, यो मेरो व्यक्तिगत कुरा हो। नत्र गाह्रो हुन्छ। सबै राजनीतिक दलले स्वीकार गरेको व्यक्ति म चाहिँ देख्दिनँ।’
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

