गण्डकी प्रदेशमा ‘युथ इन पोलिसी एन्ड गभरनेन्स’ फेलोसिप

पाेखरा | फागुन ८, २०७९

गण्डकी प्रदेशमा ‘युथ इन पोलिसी एन्ड गभरनेन्स’ फेलोसिप

पोखरा:   पोखरा रिसर्च सेन्टरले सञ्चालन गरेको गण्डकी प्रदेशमा युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) फेलोसिप कार्यक्रम अन्तर्गत क्याम्प २ भएको छ । नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको सहयोगमा रिसर्च सेन्टरले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत ४ दिने क्याम्प २ आइतबार सकिएको हो ।


२० देखि ३० वर्षका युवालाई कानुन तथा सार्वजनिक नीति निर्माणमा सहभागी गराउने उद्देश्यसँगै सञ्चालन गरिएको उक्त क्याम्प २ मा २६ युवायुवती सहभागी थिए । यसअघि रिसर्च सेन्टरले पुस ७ सम्मको मिति राखेर आवेदन दिन आग्रह गरेको थियो । 


आवेदकमध्येबाट पहिलो चरणमा ५० जना छनोट गरी गत माघमा पहिलो क्याम्प सञ्चालन भएको थियो । उक्त क्याम्पबाट २६ जनालाई छनोट गरी दोस्रो क्याम्पमा पठाइएको हो । अब रिसर्च सेन्टरले २६ जनाबाट १२ जनालाई अर्को राउन्डमा छनोट गर्नेछ । त्यसपश्चात् १२ जनालाई वाइपिजी फेलोको रुपमा गण्डकी प्रदेश सभाका सदस्यसँग ज्ञान सहायक भई ६ महिना काम गर्ने अवसर प्रदान गरिने रिसर्च सेन्टरका ‘एक्जुकेटिभ डाइरेक्टर’ सुजन रेग्मीले बताए । 


सामाजिक नीति नियम र सुशासनमा रुचि राख्ने २०-३० वर्षका गण्डकी प्रदेशमा बसोबास गरिरहेका २ सय ५० जना युवायुुवती यसका लागि आवेदन दिएका थिए । युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) अन्तर्गत रिसर्च सेन्टरले प्रदेश १, कर्णाली प्रदेशमा समेत कार्यक्रममा सञ्चालन गरिसकेको छ । गण्डकी प्रदेशमा यसअघि २ पटक यो कार्यक्रम सञ्चालन भइसकेको छ । 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्