पाहुनालाई काउलीको गुन्द्रुक उपहार

काठमाडाैं | फागुन ८, २०७९

पाहुनालाई काउलीको गुन्द्रुक उपहार

चरिकोट:  प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो । 

 

उत्पादित गुन्द्रुक अहिले घरमा खाने र पाहुनाहरूलाई उपहारको रूपमा दिने गरिएको छ । उहाँले भन्नु भयो, आगामी वर्षदेखि व्यावसायिक रूपमा गुन्द्रुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारी भनिन्छ तर फैलावट हुन सकेको छैन । ठूल्ठूला तारे होटेलमा हाम्रो सम्पर्क हुन नसक्दा बजार अभाव देखिएको छ । 

 

उहाँले भन्नुभयो, काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भए पनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ । ढुवानीको असुविधाले माग आएको पनि छैन । अब व्यावसायिक बनेर गुन्द्रुक बिक्री वितरण गर्ने सोच आएको छ । 

 

करिब  १४० घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रूपमा आफन्तलाई पठाउन र कहिलेकाहीँ घरमा आफै खान भनेर ८÷१० केजीसम्म बनाएर राख्ने गरेका छन् । सविन श्रेष्ठले भन्नु भयो, गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म पाउन थाले सबै व्यावसायिक बन्छन् । 

 

यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरू गाई भैँसीले खाइसक्दैनन् । खेर गइरहेको छ । किसान लालबहादुर श्रेष्ठले भन्नुभयो,  झोर गाउँका किसानहरूले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेका छन् । वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४÷५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ ।

 

काउली बिक्री गर्दा ठुला पातहरू छाँट्नुपर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको हो । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेका किसान दिनेशले बताउनुभयो । 

 

प्रचारप्रसार होस् भनेर  पनि झोर गाउँबाट काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रूपमा पठाउने गरिएको छ । यसको माग राम्रो रहेकाले अब व्यावसायिक उत्पादन गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँले बताउनुभयो । 

 

यो गाउँमा वर्षमा एक पटक आलु र एक पटक काउली उत्पादन हुन्छ । उत्पादित वस्तु काठमाडौँ कालीमाटी र बल्खु लाने गरिएको छ । यातायातको सुविधा भए ढुवानीमा सरल आई मनग्गे आम्दानी हुने स्थानीयहरू बताउँछन् । 

 

वडाध्यक्ष मानबहादुर तामाङले झोरका किसानहरूले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकातर्फबाट केही सहयोग गर्न सकिने बताउनु भयो । 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्