राजनीतिक पृष्ठभूमि बाहिरका राष्ट्रपति अस्वीकार्य:  महासचिव गुरुङ

पाेखरा | फागुन ७, २०७९

राजनीतिक पृष्ठभूमि बाहिरका राष्ट्रपति अस्वीकार्य:  महासचिव गुरुङ

पोखरा:   नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरको राष्ट्रपति अस्वीकार्य हुने बताएका छन् ।  


पोखरामा आज (आइतबार) पत्रकारसँग बोल्दै महासचिव गुरुङले ‘ राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको स्वीकार्य गर्दैनौ, राष्ट्रपति राज्यसँग जोडिएको विषय हो, राजनैतिक पृष्ठभूमिबाट आएको व्यक्ति राष्ट्रपति हुन्छ, राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको परिकल्पना गरेका छैनौं ।’


महासचिव गुरुङले जुनसुकै राजनीतिक दलले प्रस्ताव गरेपनि सबै दलले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुने दावी गरे । 


‘राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने छौं, सबै राजनीतिक दलले समर्थन गर्ने व्यक्ति नै राष्ट्रपति हुन्छ ।’ उनले भने । 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्