शिक्षकको कुटाईबाट विद्यार्थी बेहोस

जाजरकोट | फागुन ७, २०७९

शिक्षकको कुटाईबाट विद्यार्थी बेहोस

जाजरकोट:  जिल्लाको शिवालय गाउँपालिकाको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थी बेहोस भएका छन् ।

 

गाउँपालिका–१ स्याप्रीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक दीपक खत्रीले कक्षा ९ मा अध्ययनरत जानकी विकलाई कुटपिट गर्नुभएको हो । शिक्षक खत्रीको कुटपिटबाट विक बेहोस हुनुभएको हो ।

 

साथीहरू सँग झगडा गरेको विषयलाई लिएर शिक्षकले छोरीलाई बेहोस हुने गरी कुटेको जानकीका बुवा वीरबहादुर लुहारको भनाइ छ ।

 

उहाँका अनुसार शिक्षकले कुटपिट गरेपछि स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बाँकेको नेपालगञ्जमा रहेको नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

 

विद्यार्थी पिट्ने शिक्षक नचाहिने भन्दै विद्यार्थी तथा अभिभावकहरूले तत्काल विद्यालयबाट हटाउनु पर्ने माग राखेका छन् । शिक्षक खत्रीले विद्यालयमा गणित र विज्ञान विषय पठाउँदै आउनुभएको छ ।

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्