पोखरा म्याराथन गण्डकी प्रदेशतर्फ लमजुङका बस्नेतलाई उपाधि
पाेखरा | फागुन ६, २०७९
पोखराः १७ औं संस्करणको सफल पोखरा म्याराथन गण्डकी प्रदेशतर्फको उपाधि लमजुङका रामजी बस्नेतले जितेका छन् । उनले ४२.१९५ दुरी २ घण्टा ४१ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै उपाधि जितेक हुन् ।
निर्धारित दुरी २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पूरा गर्दैै गोर्खाका निरज भट्ट दोस्रो भए भने गोर्खाका नै श्याम मगराति तेस्रो भए । उनले २ घण्टा ५० मिनेट ३ सेकेण्डमा दुरी पूरा गरे ।
गण्डकी प्रदेशस्तरीय म्याराथनका विजेता बस्नेतले ५० हजार, दोस्रो भएका भट्टले ३० हजार र तेस्रो भएका मगरातिले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै पोखरा म्याराथन १० किलोमिटर पोखरा म्याराथन पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले ३६मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भएका छन् । यस्तै आर्मीका नै सुवास कार्कीले ३६मिनेट ५४ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भएका छन् भने ३७ मिनेटमा दुरी पूरा गर्दै दिपक सुहान तेस्रो भएका छन् ।

यस्तै १० किमी महिलातर्फ नेपाल एपिएफ क्लबका आशा रावतले ५० मिनेट १२ सेकेण्डमा दुरी पूरा गर्दै प्रथम भइन् । नेपाल पुलिस क्लबकी बिर्समा कुमालले ५० मिनेट २९ सेकेण्डमा दुरी पूरा गर्दै दोस्रो भइन भने त्रिभुवन आर्मी क्लबकी कल्पना खड्काले ५१ मिनेट ६सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भइन् ।

१० किमीतर्फ महिला÷पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय भएका उनीहरुले क्रमशः ३०, २० र १५ हजार पुरस्कार प्राप्त गरे ।

यस्तै १७ औं संस्करणको अन्र्तराष्ट्रिय म्याराथन अन्र्तगत ह्विल चियर प्रतियोगितामा दान थिन प्रथम, सुरज गौली दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए यस्तै महिलातर्फ लक्ष्मी सुनार प्रथम, धना मगर दोस्रो र ववित्रा बिक तेस्रो भइन् ।
दृष्टिविहिन महिला तर्फको दौडमा विनिता पुन प्रथम, सृजना परियार दोस्रो र देवि बराल तेस्रो भइन् भने पुरुषतर्फ विरेन्द्र लामिछाने प्रथम, आसिक खड्गी दोस्रो र प्रेम क्षेत्री तेस्रो भए ।

ह्विल चियर र दृष्वििहिन प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो महिला/पुरुष धावकहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

