मुख्यमन्त्री भलिबल कपको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङलाई
पाेखरा | फागुन ३, २०७९

पोखरा: गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ बागलुङले जितेको छ ।
स्याङ्जाको वालिङमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले पर्वतलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
बागलुङले पहिलो सेट २५–१९ ले जितेको थियो । निकै प्रतिस्पर्धात्मक भएको दोस्रो सेट २७–२९ ले गुमाएको थियो । तेस्रो सेट २५–२२ ले जितेको बागलुङले चौथो सेटमा शुरुवाती ३ अङ्कले पछि परेको बागलुङले २१–२१ पछि उत्कृष्ट पुनरागमन गर्दै २८–२६ले जित्दै उपाधि जितेको हो ।
यस्तै महिलातर्फ भने जिल्ला भलिबल संघ म्याग्दीले पर्वतलाई सोझो ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।
म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै प्रदेशस्तरीय मुख्यमन्त्री कप भलिबलको उपाधि जित्न सफल भएको हो ।
यस्तै महिलातर्फ नै जिल्ला भलिबल संघ स्याङ्जा तेस्रो भएको छ । जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै तेस्रो हुन सफल भएको हो । पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा जिल्ला भलिबल संघ नवलपुरले तनहुँलाई सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही १५ हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल प्राप्त गरेका छन् ।
महिला तथा पुरुष भलिबल प्रतियोगिताका उपाधि बिजेता र उपविजेतालाई गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा फागुन ४ गते पोखरामा बिशेष सम्मानको साथ पुरस्कार बितरण गरिने प्रदेश खेलकुद परिषदले जनाएको छ ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...
पोखरा: छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...