सीमाको अवस्था बुझ्दै सुरक्षा अधिकारी

सर्लाही | माघ २५, २०७९

सीमाको अवस्था बुझ्दै सुरक्षा अधिकारी

सर्लाही:  सर्लाहीमा भर्खरै सरुवा भएर आउनुभएका सुरक्षा अधिकारीले केही दिनदेखि नेपाल–भारत सीमाको अनुगमन तीव्र पार्नुभएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितका सुरक्षा अधिकारी नियमित सीमा क्षेत्रको अवस्था बुझ्न निस्कनुभएको हो ।

 

सर्लाहीमा प्रमुख जिल्ला अधिकारी यादवसहित प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख एवं उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेलसहितको टोलीले सीमा क्षेत्रको नियमित स्थलगत अनुगमन गरिरहनुभएको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ । 

 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्वी भेग पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुरदेखि स्थलगत अनुगमन सुरु गरी अहिलेसम्म सदरमुकाम मलङ्गवास्थित खुटौनासम्मको सीमा क्षेत्र अनुगमन गरिसकिएको बताउनुभयो । उहाँले खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बाराउद्योरण, बलरालगायतका नाकाको अनुगमन गर्न बाँकी रहेको जानकारी दिनुभयो । 

 

दशगजा तथा त्यहाँ रहेका खम्बा (पिल्लर) को अवस्था बुझ्ने र सीमामा भएका अतिक्रमण हटाउने उद्देश्यसहित अनुगमनमा निस्किएको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । दशगजा क्षेत्रमा कुनै पनि प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लामा दशगजामै बस्ती बसेको छ भने पसल व्यवसाय सञ्चालित छन् । 

 

अनुगमनका क्रममा सुरक्षा अधिकारीले सीमाक्षेत्रस्थित रहेका प्रहरी चौकी र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) का इन्चार्जलाई खुला सीमाका कारण हुने अवैध तस्करी, राजस्व छली र लागूऔषधको ओसारपसार रोकथाम तथा नियन्त्रणका लागि निर्देशन दिने गर्नुभएको छ । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्