पोउवामा ऋण र किस्ताले सताइएका व्यवसायीलाई मनोपरामर्श
पाेखरा | माघ २३, २०७९

पोखरा: पछिल्लो समय ऋण र समयमै किस्ता बुझाउन बैंकले तारन्तार फोन गर्दै दबाब दिएपछि पोखरा उद्योग वाणिज्य संघले मातहतका व्यवसायीलाई मनोचिकित्सकमार्फत सल्लाह, सुझाव दिएको छ ।
संघको ६९ औं वार्षिकोत्सवको सन्दर्भमा मनोचिकित्सक, कानूनी सल्लाहकार र प्रहरीमार्फत सल्लाह, सुझाव दिइएको हो ।
उक्त कार्यक्रममा गण्डकी मेडिकल कलेजका वरिष्ठ मनोचिकित्सक रविराज तिम्सिनाले आफूलाई केन्द्रमा राखेर सोच्ने हो भने तनाव व्यवस्थापन गर्न सकिने सुझाए । उनले आत्महत्या तत्कालको प्रतिक्रियाजस्तो देखिए पनि त्यो निर्णयको पछाडि लामो प्रक्रिया हुने तर्क पनि गरे । तनावको बेला परिवारसँग छलफल गर्ने, भविष्यको बारेमा सोच्ने बानीको विकास गराउनुपर्नेमा उनले जोड दिए । व्यवसायीमात्र नभएर सबै व्यक्तिमा ‘मेरो लागि मैले न्यूनतम गर्नुपर्ने के’ भन्ने बुझ्न जरुरी रहेको उनको भनाइ थियो ।
‘अब सबैले म भन्ने सोचौँ र आफूलाई केन्द्रमा राखेर कुरा गरौँ’,उनले भने,‘ चार जनामध्ये एकजनामा मानसिक समस्या छ भन्ने तथ्यले देखाएको छ, त्यसको उपचार सम्भव छ । निद्रा मार्नुभएन, निद्राको लागि समय निकाल्नुप¥यो । समस्या सबैलाई थाहा छ तर हामीले आफ्नै लागि समय निकालेका छैनौँ,समस्या त्यहीँ छ ।’ उनले पीडा सहन पर्दैन,व्यवस्थापन गरेपुग्छ भन्नेमात्र बुझे समस्याबाट मुक्ति पाइने बताए । उनले तनाव परिवारलाई सुनाउन राम्रो कि नराम्रो भन्ने प्रश्नमा भने,‘ सबैभन्दा नजिकको साथी भनेको परिवार नै हो ।
कार्यक्रममा अर्का वक्ता थिए वरिष्ठ अधिवक्ता दामोदर अधिकारी । उनीसँग सोथियो,‘बैंकले ताकेता गर्दैमा डराइहाल्नुपर्छ ?’ उनले भने,‘पर्दैन, चेक बाउन्सको कुरा नै गर्दा नै प्रहरीमा उजुरी पर्दैमा ताकेता गरिहाल्नुपर्ने अवस्था आउँदैन । कानूनले दुईवटा विकल्प दिएको छ । एउटा बाटो अदालतको हुन्छ, अर्को बाटो प्रहरीको हुन्छ । मान्नुहोस् कुनै व्यवसायीमाथि चेक बाउन्सको उजुरी प¥यो भने, उहाँहरुले कानूनी बाटो समात्न सकिन्छ । उजुरी लिएर अदालततर्फ जान सकिन्छ ।’ अदालतले नै सवै मुद्दाको निरुपण गर्ने हो नि । त्यस्तोमा व्यवसायीलाई केही सहज हुन्छ ।’
उनले कालोसूचीमा राख्ने भनेको एउटा प्रक्रिया भएको र त्यसबाट व्यवसायीहरु हतोत्साही भइहाल्नु नपर्ने बताए । ‘त्यसको पनि कानूनी प्रक्रिया हुन्छ, कानूनी उपचार खोज्न सकिन्छ’,उनले भने,‘ नेपालको संविधान २०७२ ले व्यापार व्यवसायको अधिकार प्रदान गरेको छ । व्यवसाय गर्दा बाधा व्यवधान आउँछ । कानूनी उपचार खोजेर कालोसूची वा लिलामी प्रक्रियालाई पछाडि धकेल्ल सकिन्छ र त्यतिबेलासम्म व्यवसाय सुधार्ने अवसर पनि आउँछ’, उनले भने । कालोसूचीमा परेका वा धितो लिलामीमा जाने अवस्थामा कानूनी उपचार खोज्नेलाई निशुल्क कानूनी सेवा प्रदानको अवसर भएको पनि उनले बताए । त्यस्तो अवस्थामा परिवारको सदस्यले कानूनी उपचार खोज्नुपर्ने उनको सुझाव थियो । लिलामी प्रक्रियालाई पनि पछि धकेल्न सकिन्छ ।
दुःख बाँडे घट्छ र सुख बाँडे बढ्छ, समस्या भएको अवस्थामा अरुलाई भन्दा हल निस्कन सक्छ ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै समस्यामा परेका व्यवसायीहरुलाई परामर्श दिन कार्यक्रम आयोजना गरिएको बताए । संघका सूचना अधिकृत वाशुदेव मिश्रले गरेका थिए । संघको ६९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमका सहभागीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादति र त्यसले व्यवसायीहरुमाथि पारेका प्रभावबारे विभिन्न जिज्ञासा राखेका थिए ।
पोखरा: जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ। कास्की प्रशासनले अ...
काठमाडौं: नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी कि...
लमजुङ: लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्द...