नेप्से परिसूचकमा सामान्य अंकको सुधार
काठमाडाैं | माघ २२, २०७९
काठमाडौँ: आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार आएको छ । कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयमा घटेर १.५४ अंकको वृद्धि हासिल गरेर बन्द भयो । कारोबार अवधिमा परिसूचक घटेर २ हजार ८८ अंकसम्म आइपुुगेको थियो । जुन, अन्तिम समयमा २ हजार ९६ अंकमा पुुगेर रोकिएको हो ।
यसक्रममा नेप्सेमा १ करोड ९३ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यसक्रममा ५ लाख २० हजार ६ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अंकले बढे पनि आज १०१ कम्पनीको सेयर घटेको छ भने १०८ कम्पनीको सेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको सेयर भने स्थिर रह्यो । आज आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँले बढ्यो । १० प्रतिशतको वृद्धिसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय २१ रुपैयाँमा पुुगेर रोकिएको छ । यस्तै, पोखरा फाइनान्सको सेयर मूल्य ८.४९ प्रतिशतले बढ्दै प्रतिकित्ता ४२५ रुपैयाँ पुगेको छ ।
यसक्रममा आज बैंक समूहमा १.६६ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह ११.७४ अंकले बढ्दा वित्त समूह २७ अंकले बढेको छ । यसका साथै, आज होटल र टुरिजम समूह २३ अंक, जलविद्युत समूह ७ अंक, लगानी समूह ०.२७ अंक, उत्पादनमूलक समूह ३६अंक र म्यूचुुअल फण्ड समूह ०.०२ अंकले बढेको छ ।
यसबाहेक, जीवन बीमा समूह ५२ अंक, लघुवित्त समूह १५ अंक, निर्जीवन बीमा समूह ४० अंक, अन्य समूह ४ अंक र व्यापार समूह १७ अंकले घटेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

