महानगरको पार्किङ व्यवस्थापनमा उद्योग वाणिज्य संघको आपत्ति, सदस्यहरुलाई छलफलमा बोलायो
पाेखरा | माघ १८, २०७९
पोखरा: पोखरा महानगरपालिकाले २३ गतेदेखि लागू गर्ने पार्किङ प्रति पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।
पोखरा महानगरपालिकाले माघ २३ गतेदेखि पृथ्वीचोक, सभागृहचोक, न्यूरोड चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजारको सडकमा सवारी पार्किङ निषेध गर्ने निर्णय गरेपछि पोखरा उद्योग वाणिज्य संघले आज (बुधबार) ध्यानाकर्षणपत्र जारी गर्दै आपत्ति जनाएको हो ।
संघका अध्यक्ष पवन प्रजापतिले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रका भनिएको छ, ‘पोखराको अव्यस्थित ट्राफिक समस्याको व्यवस्थान हाम्रो चासो र सरोकार हो । संघ, महानगरबाट असल नियतले अगाडि सारिएको यो अभियान सह्राना गर्छ तर यस्तो निर्णयले गम्भीर र दीर्घकालिन महत्वको निर्णय लिदा सरोकारवाला सहयात्री पोखरा उद्योग वाणिज्य संघको परामर्श नगरिनुले दुखित तुल्याएको छ । ’
पोखरा महानगरपालिकाले व्यवस्थापन गरेका पार्किङ स्थलले अहिलेको सवारी चाप धान्न सक्छ ? के हतारमा निषेधित क्षेत्र घोषणाअभि विकल्पबारे सोच्न सकिदैनथ्यो ? के अहिले गरिएको निर्णयमा अभ्यस्त हुन व्यवसायी र सर्वसाधारणलाई पर्याप्त समय प्रदान गरिएको छ ? प्रश्नले हामीले झस्काएको छ प्रजापतिले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

पोखरा उद्योग वाणिज्य संघले महानगरले गरेको पार्किङ निषेधित गर्ने निर्णय संसोधन गर्न माग समेत गरेको छ । संघले पार्किङको दीर्घकालिन समाधान खोजिनुपर्छ र सरकारबाट गरिने निर्णयबाट उपभोक्ता तथा व्यवसायी प्रतावित बन्नु हुँदैन भन्दै व्यवसायिक तथा सार्वजनिक सरोकार विषयमा निजी क्षेत्रसँग विस्तृत छलफल गरेर मात्र लागू गर्न माग गरेको छ ।
संघले कोभिड १९ को महामारी, बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरबाट थला परेको व्यवसायीहरुलाई महानगरको निर्णयले असर पु¥याउने तर्फ ध्यान नदिएको पत्रमा उल्लेख गरिएको छ ।
यस्त महानगरको पार्किङ व्यवस्थापनमा उद्योग वाणिज्य संघको आपत्ति जनाउँदै सदस्यहरुलाई छलफलमा बोलाएको छ । संघले बैंक तथा वित्तिय संस्था सम्बन्धी समस्या एवं आर्थिक अन्यौलता र पोखरा महानगरपालिकाद्धारा लागू गर्न लागिएको मूख्य सहरी क्षेत्रको सडकमा पार्किङ्ग निषेधको विषयमा छलफल गर्न सदस्यहरुलाई आह्वान गरेको छ ।

म्याग्दी: म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...
काठमाडौं: बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...
काठमाडौं: आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

