कपिलवस्तुमा गाई मारेको आरोपमा तीन पक्राउ
कपिलवस्तु | माघ १८, २०७९
कपिलवस्तु: कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो ।
प्रहरीले स्थानीय रमेश नेपाली, आशबहादुर रोका, देवबहादुर घर्ती मगरलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाले बताउनुभयो । उनीहरुबाट गाई मार्न प्रयोग गरिएको १ थान बन्चरो, १ थान हँसिया, ३ थान खुकुरी र २ थान चक्कुसमेत बरामद गरेको छ ।
गाई मार्नेबेला कराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गाई मारेर मासु खाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

