नैतिकता भए क्यानका १८ जनाले नै राजीनामा दिनुपर्छ : मल्ल

काठमाडाैं | माघ १८, २०७९

नैतिकता भए क्यानका १८ जनाले नै राजीनामा दिनुपर्छ : मल्ल

पोखराः नेपाल क्रिकेट संघ (क्यान)का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नैतिकता भए सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याउने १८ जना कार्यसमितिका सबैले राजीनामा दिनुपर्ने बताएका छन्।

 

‘नेपाल टी २० लिग असफल भयो, गभर्निङ काउन्सिलमा भएको मैले राजीनामा दिएँ, अरुले किनदिने, सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याएको १८ जनाको कार्यसमितिले हो, नैतिकता छ भने सबैले राजीनामा दिनुपर्यो नि त,’ मंगलबार बसेको क्यानको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मल्लले भने।

 

संघलाई नै राजीनामा गराएर नेपाली क्रिकेटलाई समाप्त पारिन खोजेको आरोप मल्लले लगाएका छन्। केन्द्रीय कार्यसमितिमा भएका सात जनाले हिजो बैठक सुरु भएपछि राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए।

 

‘क्यानको राम्रो काम देखेर आईसीसीले बजेट बढाइरहेको र इभेन्ट पनि दिइरहेको छ,’ आक्रामक शैलीमा प्रस्तुत हुँदै मल्ले भने, ‘यो टिमले यसअघि आर्थिक पक्षमा उठ्ने गरेका प्रश्नलाई पनि दुरुस्त पारेको छ। ’

 

एउटा मानिस बद्नियतसहित नेपाल क्रिकेटमा प्रवेश गरेको चिन्न नसक्दा एउटा घटनामा क्यान असफल भएको उनले बताएका छन्।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्