गोलघरमा महानगरको डोजर, सूचनापार्टीसहितको पोखरेली घर बनाउने योजना
पाेखरा | माघ १७, २०७९
पोखरा: पोखरा महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीको पुरानो भवन (गोलघर) मा डोजर चलाएको छ ।
पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित गोलघरलाई पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार आजदेखि भत्काउन सुरु गरिएको हो ।
पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जिर्ण अवस्थामा रहेको गोलघर भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए ।
उनले जिर्ण अवस्थामा रहेको पोखरा गोल घरलाई भत्काएर पोखराको आर्कषण पोखरा घर बनाउने योजनामा रहेको सुनाए । ‘पोखरामा आउने पर्यटकलाई लक्षित गरेर पोखरेली घर बनाउने योजनासहित अगाडी बढेका छौं, मर्सानीले भने, ‘जिर्ण अवस्थामा रहेको पोखरा गोल घरमा रहेको ट्राफिक कार्यालयलाई सुविधा सम्पन्न भवनमा सारेका छौं । यस ठाउँमा अब पोखरालाई आर्कषण गर्ने गरि पोखरा घर निर्माण गर्ने योजनामा छौं ।

वडाध्यक्ष मर्सानीले पर्यटकीय क्षेत्रको सूचनापार्टीसहित ‘पोखरा आर्ट ग्यालरी’ यसै भवनमा निर्माण हुने बताए । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सहित पर्यटकीय क्षेत्रको सूचनापाटी, पोखरा आर्ट ग्यालरी, पुस्तकालय, घन्टाघरसहितको भवन निर्माण गर्न बजेट विनियोजन गरेका छौं, करिब २ रोपनी जग्गामा योजना तयार हुनेछ ।’ उनले भने ।
विज्ञ टोलीले तत्काल डिपियार तयार गर्ने बताउदै २ वर्ष भित्र योजना पुरा गर्ने लक्ष्य रहेको जानकारी दिए । मर्सानीका अनुसार पोखरा घर निर्माण गर्न पोखरा महानगरपालिकाले यो आर्थिक वर्ष २ करोड बजेट विनियोजन गरेको छ ।

पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

