देउरालीडाँडामा पहिरोको पुन: त्रास बढ्दो

पाेखरा | माघ १७, २०७९

देउरालीडाँडामा पहिरोको पुन: त्रास बढ्दो

लमजुङ:  लमजुङ सदरमुकाम बेँसीसहर आउने एक मात्र डुम्रे–बेँसीसहर सडकको उदिपुर देउरालीडाँडामा पहिरोको पुनः त्रास बढेको छ । हिउँदमा समेत सुक्खा पहिरो जाने गरेका कारण वैकल्पिक सडक निर्माणका लागि स्तरोन्नतिको पहल थालिएको छ ।


बेँसीसहर नगरपालिका–८ को प्रशासन चोक हुँदै बाँझाखेत भएर आँपचौर, चितीको बरबोट, रिट्ठेबगर हुँदै मस्र्याङ्दी नदीपारिको बाटो उदिपुरसम्म वैकल्पिक सडक स्तरोन्नतिको पहल थालिएको छ ।


उक्त सडकको प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीले निरीक्षण गरेको छ । उदिपुर देउरालीडाँडाको पहिरोको निरीक्षण अवलोकन गर्दै उदिपुरबाट रिट्ठेबगर हुँदै पारिको बाटोको अनुगमन गरेको संविधान सभा सदस्य जमिन्द्रमान घलेले बताउनुभयो । 


प्रतिनिधि सभा सदस्य गुरुङले वैकल्पिक सडक निर्माणका लागि पहल थालिने बताउनुभयो । उहाँले सडक स्तरोन्नतिका लागि मन्त्रालयमा पुगेको फाइल अघि बढाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडकसमेत बगाएपछि कुनै दिन नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कुनै दिन माथिल्लो बाटो तथा पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रूपमा सवारी आवागमन गराइएको छ ।


पहिरोको जोखिम बढेको भन्दै नागरिक तहबाट सडक छिटो निर्माण गर्न सडक कार्यालयलाई दबाब आएको छ । वैकल्पिक सडक निर्माण गर्न नसकिए अझै बर्खायाममा तीन–चार महिना नै सडक बन्द हुनसक्ने बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।


डुम्रे–बेँसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तले वैकल्पिक सडक निर्माणका लागि मस्र्याङ्दी पारिपट्टिको सडकको स्तरोन्नति गर्न १० लाख रुपियाँ बजेट स्टिमेटसहित सडक विभागमा पुगेको बताउनुभयो । उहाँले फास्ट ट्र्याकमार्फत काम गर्न सकिए जेठ–असारभित्र सडक मर्मत सक्ने बताउनुभयो । 


विभागबाट बजेट स्वीकृत भएर मन्त्रालय हुँदै अर्थ मन्त्रालयले बजेट निकासाको स्वीकृति दिएपछि मात्रै निर्माण अघि बढ्ने उहाँले बताउनुभयो । हाल पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणका लागि २० करोड रुपियाँको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अघि बढेको छ ।   

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्