बाबुसँग लेनदेन नमिलेपछि छोरा अपहरण, ४ करोड फिरौती माग
काठमाडाैं | माघ १७, २०७९

बिर्तामोड: झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा बिर्तामोडका २१ वर्षीय राजीव बस्नेत प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् ।
सुनको कारोबार गर्दै आएका झापा बिर्तामोड नगरपालिका ३ भगवान् चौकका कमल बस्नेतका छोरा राजीवलाई माघ ५ गते श्रीअन्तु घुम्न जान्छु भनी घरबाट निस्किएसँगै अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेत अपहरणमा परेका हुन् । प्रदेश नं। १–०१–०१५प ८०९६ नम्बरको स्कुटरमा घरबाट निस्किएका बस्नेतको केही क्षणमा नै फोन स्वीच अफ भएपछि उहाँको खोजी सुरु भएको थियो ।
साथीसँग घुम्न जाने भनेका कारण उनको खोजतलासमा केही ढिलाइ भए पनि प्रहरीको सक्रियताले उनलाई सकुशल मुक्त गर्न सकिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो । उहाँको अपहरण गरेर छोराको रिहाइका लागि ४ करोड रुपियाँ फिरौती मागेपछि प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको थियो ।
अपहरणकारीले राजीवलाई युवतीको प्रभावमा पार्दै अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीले अपहरणमा सहयोग गर्ने युवतीलाई पक्राउ गर्न सफल बनेसँगै राजीवको नजिक प्रहरी पुगेको थियो । अपहरणकारीको पहिचान खुले पनि अपहरणकारीले युवकको हत्यासम्म गर्न सक्ने भयले प्रहरी बढी सतर्क भएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । अपहरण गरेर भारतको मणिपुर लगिएको पाइएपछि भारत मणिपुर राज्यका प्रहरीसँगको समन्वयमा प्रहरीले खोजी कार्य सुरु गरेको थियो । सोही क्रममा अपहरणको मुख्य योजनाकारका रूपमा रहेका मणिपुरका राजु भण्डारीले पक्राउ पर्ने डरले किशोरलाई बिना सर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जङ्गलछेउमा छाडेको प्रहरी प्रमुख कुँवरले जानकारी दिनुभयो ।
व्यावसायिक साझेदार झापा बिर्तामोडका कमल बस्नेतबाट फिरौती असुलका लागि भारत मणिपुरका राजु भण्डारीले भाडाका मानिसहरू प्रयोग गरेर आफ्ना व्यावसायिक साझेदार बिर्तामोडका कमल बस्नेतका छोरा राजीवको अपहरण गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मणिपुरका भण्डारीले बिर्तामोडका कमल बस्नेतसँगको लेनदेन मिलाउन उनका छोराको प्रयोग गरेर रकम असुल गर्ने योजना बनाएको पाइएको छ । भण्डारीकै योजना अनुसार उनले नेपालमा प्रतीक्षा योङ्हाङसँगको सल्लाहमा आफ्नो योजनालाई अगाडि बढाएको प्रहरीको भनाइ छ । सोही क्रममा प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका दीपिका लिम्बू र कौशिका लिम्बूलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरूले योजना सफल भएमा जनही २५÷२५ लाख रुपियाँ दिएर विदेश पठाइदिने आशा देखाएको पाइएको छ ।
विगत छ महिनादेखि योजना बनाएर कमलका छोरालाई युवतीको प्रेम जालमा पारेर अपहरण गर्न सफल बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणकारीले कमलका छोरा २१ वर्षीय राजीवलाई घुम्न जाने योजना बनाएर अपहरण गर्न सफल बनेको हुन् । यसै क्रममा माघ ४ गते पर्यटकीय क्षेत्र सालबारी झिल घुमेर ५ गने अर्को पर्यटकीय स्थल इलामको कन्याम घुन जाने भनी लगी एकाएक अपहरणकारीको फन्दामा राजीव परेको प्रहरीले जनाएको छ । युवतीको फन्दामा परि अपहरणमा परेका राजीवको परिवारसँग नेपालकै कुनै एक भूभागमा लगेर बन्धक बनाएर मणिपुर र नेपाली भाषामा फिरौती रकम माग्न सुरु गरेसँगै प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको थियो ।
अपहरणको मुख्य योजनाकारको पहिचान भएसँगै प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्ने योजना थाह पाएपछि मुख्य योजनाकार राजु भण्डारी बस्नेतलाई निःशर्त छोड्न बाध्य भएको प्रहरीले जनाएको छ । प्रहरी अपहरणमा संलग्नमध्ये प्रतीक्षा योङ्हाङलाई बिर्तामोडबाट पक्राउ गर्न सफल भएको थियो भने उनी पक्राउ परेसँगै अपहरणका योजनाका बारेमा धेरै कुरा खुलेको प्रहरीको भनाइ छ ।
अपहरणमा भारतका शरद थापा मगर, एप्पल थापामगर, गुलाम, कृष्ण हजाम तथा चुनाव योङ्हाङको पहिचान गरेर खोजी कार्य तीव्र बनाएको जनाइएको छ । प्रहरीका अनुसार आपराधिक समूह निकै ठूलो रहेकाले उक्त समूहको खोजी गरेर पक्राउ गर्नका लागि सबै पक्षसँग समन्वय गर्ने काम भइरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...