अब गृह मन्त्रालय कसको भागमा पर्ला ?
काठमाडाैं | माघ १५, २०७९
काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हालेका छन् ।
गत शुक्रबार लामिछानेले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । सत्ता साझेदार दलबाट लामिछानेले गृह लिएपछि माओवादीले परराष्ट्र वा अर्थ मन्त्रालयमध्ये एक लिने तयारी गरेको थियो ।
प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्र मन्त्रालयमध्ये एक मन्त्रालय लिनुपर्ने व्यवस्था छ । तर, सत्ता साझेदार दलमा सबैलाई चित्त बुझाउनुपर्ने भएपछि माओवादी तीनमध्ये कुनै महत्वपूर्ण मन्त्रालय लिएन ।
गृह रास्वपाले लियो भने अर्थ र परराष्ट्र मन्त्रालय एमालेले लियो । अब गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिएपछि माओवादी लिने दाबी गरेको छ । प्रधानमन्त्रीलाई सफल बनाउनकै लागि पनि गृह माओवादीले लिनुपर्ने नेताहरुले बताएका छन् । तर, पार्टी सचिव एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले गृहमन्त्रीका विषयमा सत्ता साझेदार दलसँग छलफल गरेर टुंगो लाग्ने बताए ।
‘अहिले रविजीले राजीनामा दिएपछि गृृह मन्त्रालय प्रधानमन्त्रीज्यूले सम्हाल्नुभएको छ’ पौडेलले भने, ‘अब सत्ता साझेदार दलसँग छलफल गरेर टुंगो लगाउँछौं ।’ तर, रास्वपाले गृह मन्त्रालय आफ्नै पार्टीको हुने बताएको छ । गृहमन्त्रीमा को जाने भन्ने विषयमा पार्टीले निर्णय गर्ने सो पार्टीले जनाएको छ । अहिले प्रधानमन्त्रीले गृहसहित वन तथा वातावरण र खेलकुदमन्त्री आफैं राखेका छन् ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

