भूकम्पको डरले घर छोड्दै त्रिपालको बास
काठमाडाैं | माघ १३, २०७९
फाइल तस्बिर
बाजुरा: भूकम्पको डरले बाजुराका अधिकांश स्थानीय घर छोडेर त्रिपालको बास गर्दै आएका छन् । गत मङ्गलबार ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले बाजुरावासीलाई त्रिपालको बास गराएको हो ।
गत मङ्गलबार स्वामिकार्तिकको मेलामा केन्द्र विन्दु भएर गएको ५ दशमलव ९ म्याग्नेच्युटकोे भूकम्पले घर भत्किएपछि उनीहरु अहिले सुरक्षित स्थानमा त्रिपालको बास गर्दै आएको हुन् ।
बाजुराको स्वामिकार्तिक मेलामा गत मङ्गलबारमा गएको भूकम्पले बाजुरामा एक जना महिलासहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा गौमुल –२ का राजदल बोहरा, चन्द्रा महत र हुम्ला ताजाकोट ३ की सरिता नेपाली हुनुहुन्छ ।
घाइते सरिता नेपाली बाजुराको कोल्टीमा आफ्नी दिदिको घरमा आएको बेला उहाँ भूकम्पमा परी घाइते हुनुभएको हो ।
घाइते भएका चन्द्रा महतको जिल्ला अस्पताल बाजुरामा उपचारपछि डिस्चार्ज हुनुभएको छ भने राजदल बोहराको गौमुल स्वास्थ्य चौकीमा र सरिता नेपालीको कोटी स्वास्थ्यमा चौकीमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
गत मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले बाजुरामा मानवीयसँगै भौतिकरुपमा ठूलो क्षति भएको छ ।
बाजुराका आठ वटा स्थानीय तहका झण्डै २६३ घरमा ठूलो क्षति गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिकामा १५, हिमालीमा १२, बडिमालिकामा १५ र बूढीगङ्गामा दुई गरी ४४ वटा घर पूर्ण रुपमा भत्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार गौमुलमा तीन, हिमालीमा ६१, खप्तडमा १०, बडिमालिका नगरपालिका ११३, बूढीनन्दामा १४, जगनाथमा १, स्वामकार्तिकमा १४ र बूढीगंगामा तीन गरी २१९ घर आंशिक रुपमा भत्किएको बताउनुभयो ।
भूकम्पका डरले अहिले बाजुरामा २६३ घरपरिवार खुल्ला आकाशमुनी त्रिपालको बास गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक पुष्कर खड्काले भूकम्पबाट सबै भन्दाबढी पीडित गौमुलकामा भएको बताउनुभयो ।
उहाँले अहिले गौमुलमा जिल्ला रेडक्रसबाट ३० थान कम्बल, १० थान त्रिपाल र गैर सरकारी सस्थाबाट १० थान कम्बल १० थान त्रिपाल वितरण गरेको बताउनुभयो ।
भूकम्पबाट कहाँ के क्षति भयो भन्ने यकिन विवरण तीस दिनमा आइपुग्छ । सो रिपोट अनुसार जिल्ला विपत् व्यवस्थापन समितिले राहत वितरण गर्ने योजना छ ।
भूकम्प विज्ञ टोली समेत अहिले जिल्लामा पुगेको छ । सो टोलीको सुझाव तथा सहकार्यमा यहाँका भूकम्प पीडितलाई कसरी व्यवास्थापन गर्ने र स्थानीय तहमा अब निर्माण गरिने भौतिक संरचनाहरु कस्तो खालको निर्माण गर्ने भन्ने जस्ता विषयमाथि छलफल गरिने संयोजक खड्काले बताउनुभयो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

